२६ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभा विघटनपछि उनले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लागेका हुन् ।
दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको बताए ।
प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६र७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।