नेपाल र भारत आकारमा सानो-ठूलो भए पनि बराबर हैसियत: प्रधानमन्त्री ओली

२८ पुस, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताएका छन् ।

सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको उनको भनाइ छ ।

Advertisement

भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  साथै दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबैको बराबर हैसियत भएको बताए ।

प्रधानमन्त्री ओलीसँग उनले पछिल्लो पटक भारत र चीनबीच प्रतिस्पर्धामा नेपालको भूमिका लगायत भारतसँग सम्बन्ध लगायत विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले भने भारत र चीनबीच संवादका लागि नेपालले समन्वयकारी भूमिका खेल्नसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Advertisement

यस्तै ओलीले भारत र चीन दुई छिमेकी देशसँग नेपालले सन्तुलित सम्बन्ध राख्न चाहेको बताए र एकको कार्ड अर्कोसँग कार्ड कहिल्यै नखेल्ने पनि बताए । यसरी फरक कार्ड खेल्ने नेपालको राजनीति नभएको पनि उनको भनाइ थियो ।

अर्को एक प्रसंगमा लद्दाख, गलवान लगायत सीमा क्षेत्रमा भारतको चीनसँग विवाद भइरहँदा नेपालले नक्सा जारी गर्नुमा आशंका रहेको भन्दै पत्रकार चौधरीले प्रश्न सोधेका थिए । तर ओलीले नेपाललाई लद्दाखसँग लिनुदिनु नभएको जवाफ दिए । साथै उनले भारतसँग वार्ताको आह्वान गर्दा भारतबाट प्रतिक्रिया नआएपछि र सडक उद्घाटन गरेपछि आफूहरुले नक्सा जारी गरेको प्रतिक्रिया दिए ।

‘तपाईँको कुरा भड्काउने किसिमको छ । गलवानको अर्को मुद्दा हो । तर भारतलाई वार्ताको प्रस्ताव गर्दा कुनै प्रतिक्रिया आएन । गलवानसँग नेपालको कुनै लिनुदिनु छैन । अर्को देशबीच विवाद हुँदा कुनै एकको साथ लिने नेपालको राजनीति हैन । नेपालको राजनीति त सन्तुलनको राजनीति हो,’ प्रधानमन्त्री ओलीले बताए ।

यस्तै भारत र चीनको प्रतिस्पर्धामा नेपालले सधैँ भारतलाई नै दोष देखाउने गरेको भन्ने प्रश्नमा पनि आफूहरुले त्यस्तो नगरेको र यो गलत बुझाइ भएको भन्दै ओलीले छिमेकी देशहरुबीच समान व्यवहार र सम्बन्ध रहेको बताए । पत्रकार चौधरीले काठमाडौँ आएर ओलीसँग अन्तर्वार्ता लिएको बताएका छन् । चौधरीसँगको अन्तरवार्ता यही सोमबार राति प्रशारण भएको थियो । चौधरी उनै पत्रकार हुन्, जसले केही महिनाअघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप लगाएका थिए ।

जी न्युज भारतमा भारतीय जनता पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्ने न्युज च्यानलको रुपमा पनि चिनिन्छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणको तयारी गरिरहँदा यस्तो अन्तर्वार्ता सार्वजनिक भएको हो ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top