नमूना विद्यालयलाई रु एघार लाख अनुदान

१७ जेठ ७५, शुक्रबार

दाङ, जेठ १८
छनोट भएका नमूना विद्यालयलाई दाङ राप्ती गाउँपालिकाले रु एघार लाख अनुदान दिने निर्णय गरेको छ ।

सो गाउँपालिकाका शिक्षा समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो ।

गाउँपालिकाले श्री मावि मौरीघाट, शंकर मावि पिपरी, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनिया र नवप्रतिभा आधारभूत विद्यालय पाखापानीलाई नमूना विद्यालयका रुपमा छनोट गरिएको छ ।

नमूनाका रुपमा छनोट भएका प्रत्येक विद्यालयलाई बालविकास कक्षा व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, खेलकूद मैदान, चिल्ड्रेनपार्क निर्माण कार्य र परामर्श सेवा सञ्चालन गर्नका लागिरु ११ लाखका दरले अनुदान दिने निर्णय गरेको गाउँ शिक्षा समितिका सदस्य सचिव राजेन्द्रकुमार घिमिरेले जानकारी दिए ।

बैठकले राप्ती क्षेत्रका विद्यालयमा गर्मी मौसममा बिहानी सत्रमा कक्षा सञ्चालन हुँदा पठनपाठनमा असहजता र विद्यार्थी हित नहुने हुँदा दिवा कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन पनि दिएको छ ।

बैठकले राप्ती गाउँपालिकाभित्रका बालविकासमा शिक्षक छनोट गर्न आधारभूत तथा माध्यमिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ मा व्यवस्था भएअनुसार शिक्षक छनोट समितिले शिक्षक छनोट गर्ने निर्णय गरेको राप्ती गाउँपालिका गाउँ शिक्षा समितिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।
रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top