लयमा फर्कने प्रयत्नमा शैक्षिक क्षेत्र

२७ पुस ७७, मंगलबार

काठमाडौँ: कोरोना महामारी कम हुँदै गए पनि शिक्षा क्षेत्रका कतिपय समस्याले अझै निकास पाउन सकेको छैन । ८० लाखभन्दा बढी बालबालिका अध्ययन गर्ने विद्यालय तहका विद्यालय खोल्ने कि नखोल्ने, शैक्षिक सत्र कहिले सुरु र अन्त्य गर्ने तथा कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने कि पुरानो भन्ने विषयले शिक्षा क्षेत्र लामो समयदेखि तरङ्गित छ । तुलनात्मक रूपमा उच्च शिक्षाका शैक्षिक गतिविधि भने चलायमान हुँदै पुरानै लयमा फर्कन थालेका छन् ।

विद्यालय खोल्ने वा नखोल्ने ?
कोरोना भाइरसपछि गत चैत महिनादखि नेपालका विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा सार्वजनिक गर्दै स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालनको अधिकार दिनुका साथै सङ्क्रमण बढेको अवस्थामा बन्द गर्ने अधिकारसमेत स्थानीय तहलाई नै दिइसकेको भए पनि केही स्थानबाहेक विद्यालय सहज तवरले खुलेका छैनन् ।

यो अवस्थामा सरकारले फेरि विद्यालय खोल्ने, नखोल्ने र त्यस विषयमा निर्णय गर्ने या नगर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरूले स्पष्ट भन्न सकेका छैनन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष ऋतु सापकोटा मङ्सिरबाट काठमाडौँ उपत्यकाबाहिरका धेरै विद्यालय सञ्चालनमा आएको बताउनुभयो । काठमाडौँ उपत्यकामै बरु समस्या भएको उहाँको भनाइ छ ।

Advertisement

काठमाडौँ महानगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालन गर्न अनुमति दिएको छैन । माघको पहिलो साताबाट विद्यालय सञ्चालनमा ल्याउने तयारी महानगरको छ । ललितपुर महानगरपालिकाले सञ्चालन गर्न अनुमति दिएको छ । अन्य नगरपालिकाले विद्यालय खोल्ने अनुमति दिए पनि चिसो तथा कोरोना जोखिमका कारण सञ्चालनमा आउन नसकेको पाइएको छ ।

शैक्षिक सत्र कहिले सक्ने ?
विद्यालय खोल्ने, नखोल्ने समस्याका साथै विद्यालय तहको शैक्षिक सत्र कहिलेसम्म लैजाने भन्नेमा समेत स्पष्ट निर्णय हुन सकेको छैन । यसअघिका वर्षमा चैतमा शैक्षिक सत्र सकिनुका साथै वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने गरिएको थियो तर यस पटक मङ्सिर महिनाबाट मात्रै विद्यालय तहको अनलाइन तथा भौतिक कक्षासमेत सञ्चालन भएकाले चैतमा शैक्षिक सत्र सकिने सम्भावना नरहेको जनाइएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top