निर्वाचनको तयारी थाल्न सुरक्षा निकायलाई गृहको निर्देशन

२८ पुस, काठमाडौं ।
निर्वाचनको वातावरण बनिसकेको जनाउँ गर्दै गृह मन्त्रालयले तयारी थाल्न सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।

अर्थमन्त्री विष्णु पौडेल र तीनवटै सुरक्षा निकायका प्रमुखसहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले यस्तो निर्देशन दिएका हुन्। निर्वाचन मिति आगामी वैशाख १७ र २७ गते तोकिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबै पक्षलाई निर्वाचन तयारी गर्न निर्देशन दिएपछि गृहले अर्थ मन्त्रालयलगायत सरोकारवाला निकायसँग छलफल थालेको हो।

Advertisement

अर्थमन्त्री पौडेलले बजेट प्रस्ताव गरी गृहमार्फत अर्थमा पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिए। उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएको गृहका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट हाल मौजुदा स्रोतसाधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोतसाधन र व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top