भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाकी पूर्वराष्ट्रपति हेलाई २० वर्ष जेल सजाय

१ माघ ७७, शुक्रबार

१ माघ, सोल ।

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । बिहीबार उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन पनि जरिवाना तिर्नुपर्ने निर्णय सुनाएको हो ।

दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति बनेकी उनी भ्रष्टाचारको अभियोग लागेसँगै सन् २०१७ देखि नै जेलमा छिन् । गत जुलाईमा उच्च अदालतले अफ्नो अधिकारको दुरुपयोग गरेको अभियोगमा १५ वर्ष जेल सजाय सुनाएको थियो । सन् २०१९ को डिसेम्बरसम्म भ्रष्टाचार र पदीय दुरुपयोगको दुई वटा मुद्दा चलेको भए पनि उच्च अदालतमा दुवै मुद्दालाई एउटै गाभिएको थियो ।

Advertisement

उनलाई आफ्नो साथी चोइ सुन सिललाई ७७.४ मिलियन वन चोइ फाउन्डेसनमा दिन कोरियाली ठूला कम्पनीहरुलाई बाध्य पारिएको पाइएको थियो । साथै उनले तत्कालीन समयमा सेन्युरी पार्टीमा विभिन्न पदमा मनोनयन गर्दा अवैधानिक तरिकाले हस्तक्षेप गरेको अभियोगमा समेत दुई वर्ष जेल सजाए पाएकी थिइन् ।

कोरियाको विकासका लागि आधार बनाएको भन्दै जस पाउँदै आएका तेस्रा राष्ट्रपति पार्क जङ ह्युईकी छोरी ६८ वर्षीया हेले २२ वर्ष जेल साजाए कटाउँदा ८७ वर्षकी हुने छिन् ।

Advertisement

पदमा वहल हुँदै महाअभियोगबाट निस्कासित हुने उनी पहिलो राष्ट्रपति पनि बनेकी छिन् । कोरियामा यसअघि पनि तीन जना पूर्व राष्ट्रपति भ्रष्टचारको अभियोगमा जेल गइसकेका छन् । हेले आफूले कुनै गल्ती नगरेको बताउँदै आएकी छन् । बिहीबार भएको फैसलामा उनी अदालतामा उपस्थित थिइनन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top