×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

२ माघ २०७७

काठमाडौं : कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु(याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगेको हो ।

बोर्डका अध्यक्ष प्राडा। चन्द्रमणि पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जानकारी प्राप्त भएको बताए । उनले भने, ‘कोभिड–१९ का कारण चैतसम्म कोर्स सकिने अवस्था छैन । त्यसैकारण एसईई, कक्षा ११ र १२ को परीक्षा आगामी असारभित्र सक्ने गरी योजना बनाएका छौं ।’

Advertisement
Advertisement

उनले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्री परिषद्मा पुगेको शिक्षा मन्त्रालयले आफूलाई जानकारी गराएको बताए । यसअघि चैतमै शैक्षिक सत्रको अन्त्य हुँदै आएको थियो । तर कोरोना महामारीका कारण विद्यालय बन्द भएको र शैक्षिक गतिविधि प्रभावित हुँदा २०७८ जेठ अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा माघ दोस्रो सातासम्म प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा पौडेलका अनुसार उत्तरपुस्तिका रुजुको काम अन्तिम चरणमा पुगेकाले अबको १० दिनभित्र नतिजा सार्वजनिक गरिनेछ ।

बोर्डले गत पुस दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरे पनि अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन । बोर्डका अनुसार हालसम्म विवरण ‘इन्ट्री’ गराउने कार्य सकिएको छ । बोर्ड अध्यक्ष प्राडा। पौडेलले भने, ‘उत्तरपुस्तिका रुजु गर्ने कार्य सकिँदै छ । विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेपछि सही तरिकाले अंक विवरण पठाएनन् । त्यसकारण पनि नतिजा समयमा प्रकाशन गर्नमा अप्ठेरो भएको हो ।’

बोर्डका अनुसार कक्षा १२ को परीक्षामा करिब ४ लाख ३१ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले ४० अंकको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी अंक कक्षा ११ को र आन्तरिक मूल्याकंनका आधारमा गणना गरिने बताइएको छ ।

यस्तै यस वर्षको एसईई परीक्षा आगामी असारभित्र गर्ने परीक्षा बोर्डको तयारीमा छ । कोभिड–१९ का कारण गएको वर्ष आन्तरिक मूल्यांकनमार्फत नतिजा प्रकाशन भएको थियो । बिदा कटौती र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने योजनामा शिक्षा मन्त्रालय छ ।

Advertisement

कोभिड–१९ का कारण विद्यार्थीलाई सजिलो हुने गरी १ सय ५ वटा परीक्षा केन्द्र कायम गरिएको थियो । यस्तै कक्षा ११ को रजिस्ट्रेसन फाराम र कक्षा १२ को आवेदन फाराम अनलाइन विधिमार्फत छिटै खुला गर्ने बोर्डको तयारी छ । हाल देशभरका अधिकांश विद्यालयले भौतिक रूपमा सहभागी भएर पठनपाठन अघि बढाइरहेका छन् । तर यो शैक्षिक सत्रमा कक्षा ११ मा पाठ्यक्रम विवाद अदालतसम्म पुग्दा विद्यार्थी, अभिभावक र शिक्षक मारमा परेका थिए ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top