×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम सुरु

२ माघ २०७७

काठमाडौँ : थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा बिहीबार विशेष पूजाआजा गरिएपछि शुक्रबारदेखि सुरुङ खन्ने तयारी गरेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । “पूर्व (काठमाडौँ)तर्फबाट सुरुङ खन्न शुक्रबार मुखमा स्टिलको ढोका (स्टिल रिब्स) राखिन्छ र सुरुङ खनिन्छ । ढोका राखिन्छन् फेरि एक मिटर सुरुङ खनिन्छ, फेरि ढोका राखिन्छ । ढोका राख्ने र खन्ने काम सँगसँगै अगाडि बढ्छन्,” आयोजना प्रमुख शाक्यले भने ।

Advertisement
Advertisement

धादिङतर्फको सुरुङ खन्ने काम पुस ८ गते सुरु भएको थियो । धादिङतर्फको सुरुङ २३ मिटर खनिएको छ । काठमाडाँैतर्फको सुरुङमार्गको मुख चन्द्रागिरि नगरपालिकाको टुटीपाखामा पर्छ भने धादिङतर्फको मुख धुनीबँेंसी नगरपालिकाको सिस्नेखोलामा रहेको छ ।

Advertisement

कोरोना भाइरसको महामारी तथा स्थानीयवासीको अवरोधका कारण निर्धारित कार्यतालिकाभन्दा ढिलो सुरु भएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणले पुनः गति लिएको बताउँदै उनले निर्धारित समयमा नै काम सम्पन्न गर्ने लक्ष्यसहित नियमित कामबाहेक अतिरिक्त सिफ्ट र अतिरिक्त समयमा कामलाई तीव्रता दिइएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top