नेकपामा दुवै समूहका फरक फरक रणनीति

१ माघ ७७, शुक्रबार

काठमाडौं : प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह देशभर आवश्यक माहोल खडा गर्दै निर्वाचनको तयारीमा होमिएको छ भने नेकपाका माधवकुमार नेपाल र पुष्पकमल दाहाल समूह प्रतिनिधिसभा पुनस्र्थापना गराउन पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने रणनीति बनाउँदै छ । सो समूहले जसरी भए पनि निर्वाचन रोक्ने गरी आवश्यक गृहकार्य अघि बढाउने भएको छ ।

बिहीबार दुवै समूहको छुट्टाछुट्टै बसेको स्थायी कमिटी बैठकले आआफ्नै तयारीअनुसार आफ्ना एजेन्डालाई सफल बनाउने विषयमा छलफल गरेका छन् । ओली समूहले त निर्वाचनलाई निर्धारित समयमा सम्पन्न गर्न आफ्ना सबै कार्यकर्तालाई गाउँगाउँमा परिचालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहका स्थायी कमिटीको अनौपचारिक बैठकले सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी आवश्यक तयारीमा जुट्नुपर्ने निष्कर्ष निकालेको हो । १७ र २७ वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा यसअघि नै भइसकेको छ । निर्वाचन आयोगसमेत निर्वाचनको पूर्वतयारीमा जुटिसकेको छ ।

Advertisement

हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण तथा बैठकले पार्टीको पक्षमा सोचेभन्दा बढी जनलहर प्राप्त भएको निष्कर्ष निकाल्दै ओली समूह यस्ता कार्यक्रम निर्वाचनसम्म नै जारी राख्ने निष्कर्षमा पुगेको छ ।

छलफलमा सहभागी नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीद्वारा जारी प्रदर्शन, भेला, प्रशिक्षण तथा बैठकले प्राप्त जनलहरलाई निर्वाचनसम्मै जारी राख्ने निष्कर्ष निकालिएको बताए ।

Advertisement

‘प्रधानमन्त्रीज्यूले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिनुभएको छ,’ नेम्वाङले भने, ‘अहिले जारी प्रदर्शन, भेला प्रशिक्षणले नेकपाको पक्षमा जनलहर प्राप्त भएको र यसलाई निर्वाचनसम्म कायम राख्ने निष्कर्ष छ ।’

यसैगरी छलफलमा पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा भएको प्रगतिको विषयमा समेत समीक्षा भएको छ । ‘प्रधानमन्त्री ओलीले हामीलाई निर्वाचन आयोगमा भएको प्रगति, सर्वोच्चमा रहेको विचाराधीन मुद्दासहित अन्य विषयमा ब्रिफिङ गर्नुभयो र निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने निर्देशन दिनुभयो,’ नेम्वाङले भने ।

छलफलमा प्रधानमन्त्री ओलीले आफूहरू नै आधिकारिक नेकपा भएको र सूर्य चिह्न पनि आफूहरूले नै पाउने बताएका थिए । ‘हामी नै आधिकरिक हौं । प्रथम अध्यक्ष र महासचिव हामीसँग छ । विधानअनुसार प्रथम अध्यक्ष र महासचिवविना कसैले बैठक गर्न सक्दैन त्यसैले सूर्य चिह्न र नेकपा हाम्रै हो,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

उता नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि जारी आन्दोलनलाई अझै सशक्त बनाउने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको बैठकपछि नेकपा सचिवालय सदस्य एवं आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले बैठकले जारी आन्दोलनलाई थप सशक्त तथा प्रभावकारी बनाउने निष्कर्ष निकालेको बताए ।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेकाले पुनस्र्थापना हुन्छ,’ श्रेष्ठले भने, ‘अहिले जारी दोस्रो चरणको आन्दोलनलाई थप सशक्त एवं प्रभावकारी बनाउने बैठकको निष्कर्ष छ ।’दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ । यो समाचार आजके राजधानी दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top