विकासको गति झन् कमजोर

१ माघ ७७, शुक्रबार

काठमाडौं : सरकारले विकास निर्माणका कामलाई गति दिन नसक्दा चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ६ महीनाको अवधिमा विकासको गति कमजोर दिएको छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिँदै ३ वर्षअघि गठन भएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विकासका काममा भन्दा लामोसमयदेखि दलभित्रको आन्तरिक किचलोमा रुमलिँदा त्यसको असर विकास निर्माणमा परेको हो ।

चालू बजेट सार्वजनिक भएको ६ महीनाको अवधीमा नेकपा विभाजनदेखि प्रतिनिधिसभा भंगसम्मका घटना भए । यसैको प्रभाव स्वरूप चालू वर्षमा विकासका लागि छुट्ट्याइएको ३ खर्ब ५२ अर्ब पूँजीगत बजेटमध्ये यो अवधि अर्थात पुस मसान्तसम्ममा ५० अर्ब ८१ करोड मात्रै खर्च भएको सरकारी खर्चको आँकडा राख्ने महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । यसअर्थ पूँजीगत खर्चका लागि चालू वर्षमा छुट्ट्याइएको कुल बजेटको १५ प्रतिशतसमेत खर्च भएको देखिँदैन । सरकारले ६ महीनाको अवधिमा १८ प्रतिशतभन्दा बढी खर्च हुने अनुमान थियो ।

Advertisement

गतवर्ष यो अवधिमा पूँजीगत खर्च लक्ष्यको करीब १६ प्रतिशतको हाराहारीमा भएको थियो । गतवर्षको ६ महीनाको अवधिलाई तुलना गर्दा विकास खर्च झन् कमजोर भएको सरकारी तथ्यांकबाट पुष्टि भएको छ ।

पूँजीगत खर्च कमजोर भए पनि चालूतर्फ भने अनपेक्षित रूपमा खर्च बढेको सरकारी तथ्यांकले देखाउँछ । यो अवधिमा चालूतर्पm ९ खर्ब ४८ अर्ब बजेट छुट्ट्याइएकोमा ३ खर्ब ४२ अर्ब खर्च भइसकेको छ । यो खर्च चालूतर्फ छुट्ट्याइएको कुल बजेटको करीब ३७ प्रतिशत हो ।

Advertisement

६ महीनाको अवधिमा सरकारले विकास निर्माणको क्षेत्रमा रहेका समस्या हल गरेर नीतिगत अवरोध हटाउनदेखि विकासको गतिलाई तीव्रता दिन थप कार्ययोजना बनाएर अघि बढ्न नसक्नुको परिणाम विकासको गति झन् कमजोर देखिएको जानकारहरू बताउँछन् ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top