×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

ट्रम्पविरुद्ध मतदान गर्ने सांसदलाई ‘सुरक्षा खतरा’

२ माघ, एजेन्सी ।
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पलाई बुधवार महाभियोग लगाउन उनको पार्टीका १० जना सदस्यले साथ दिएपछि संसद्‌मा रिपब्लिकनहरूबीच गहिरो विभाजन देखापरेको छ।

तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको पक्षमा मतदान गर्ने उनको भूमिकालाई लिएर उनले पार्टी नेतृत्व तहबाट राजीनामा दिनुपर्ने मागको सामना गरिरहेकी छन्।

Advertisement
Advertisement

ट्रम्पविरुद्ध मतदान गरेका सांसदहरूले आफूहरूले हिंसाको खतरा सामना गरेको र सुरक्षा बढाइएको बताएका छन्। ट्रम्पले कार्यालय छाड्ने र सिनेटमा सुनुवाइको सामना गर्ने तयारी गरिरहँदा पछिल्लो अवस्था देखापरेको हो।

राजीनामा माग

हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधवार ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २३२ मत परेको थियो। गत साता क्यापिटल भवनमा भएको हिंसालाई प्रोत्साहित गरेको आरोपमा लगाइएको महाभियोगको विपक्षमा १९७ जना सांसद थिए।

सङ्घीय जाँच ब्यूरो एफबीआईले डेमोक्र्याट राष्ट्रपति निर्वाचित जो बाइडनको बुधवार हुने सपथ समारोहका दिन वासिङ्टन डीसी र ५० वटा राज्यका राजधानीहरूमा सशस्त्र समूहको सम्भावित प्रदर्शनको खतरा औँल्याएको छ।

रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यू बुसका उपराष्ट्रपतिकी छोरी नेत्री चेनीले महाभियोगको पक्षमा मतदान गरे लगत्तै उनको राजीनामा माग गरिएको थियो। ट्रम्पका अनुदारवादी समर्थकहरूले पदत्याग गर्न आग्रह गरेपछि उनले भनिन्, म केही गर्न गइरहेकी छैन, यो विवेकको मतदान हो।

बसहमा फरक धारणाहरू आउनुलाई स्वाभाविक ठान्ने उनले ट्रम्प ऐतिहासिक दोस्रो महाभियोगमा परेपछि बुधवार संवाददाताहरूलाई भनिन्, तर हाम्रो देशले गृहयुद्धयताकै अभूतपूर्व संवैधानिक सङ्कटको सामना गरिरहेको छ।

सुरक्षा चिन्तामा सांसदहरू

अर्का रिपब्लिकनले कैयौँ सहकर्मीले शरीर सुरक्षा गर्ने रक्षाकवच किनेको जानकारी दिए।

उनका अनुसार सुरक्षा खतराका कारण ती सांसदहरूले हिंसाको चेतावनी पाएपछि नियमित तालिका परिवर्तन गर्न बाध्य भएका छन्। मिसिगनका रिपब्लिकन पीटर मेइजरले बिहीवार भने, कसैले हाम्रो हत्या गर्न खोज्छ भन्ने हामीलाई लागेको छ।

उनले भविष्यमा के हुन्छ भन्ने थाहा नभएको बताए। उनले भने, यो अद्वितीय त्रासको अवस्था सहित विभाजन र घृणाको यो अभूतपूर्व वातावरणमा हामीले हरेक परिदृश्यको लेखाजोखा गर्नुपर्छ।

ट्रम्पमाथि लागेको महाभियोगको अब सिनेटमा सुनुवाइ भएपछि छिनोफानो हुनेछ।

Advertisement
Advertisement

अमेरिकामै उपराष्ट्रपति माइक पेन्सले आउँदो साता हुने बाइडनको सपथ समारोहमा आफूले सुरक्षा सुनिश्चत गर्ने बताएका छन्। उनका अनुसार देशव्यापी रूपमा सुरक्षा सतर्कता बढाइएको छ।(बीबीसी)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top