जुम्लामा अनिश्चितकालका लागि यातायात सेवा बन्द

२ माघ, जुम्ला । जुम्लामा अनिश्चितकालका लागि यातायात सेवा बन्द गरिएको छ ।

Advertisement

चन्दननाथ नगरपालिकाले एकतर्फी रुपमा चर्को कर लगाएको र एक हप्ताअघि गरिएको ध्यानाकर्षणलाई बेवास्ता गरेको भन्दै माघ १ गतेबाटै जुम्लाबाट छुट्ने छोटो तथा लामो दूरीका यातायात सेवा बन्द गरिएको यातायात व्यवसायीले जनाएका छन् ।

व्यवसायीले संयूक्त विज्ञप्ति जारी गरेर अनिश्चितकालका लागि बन्द सेवा गरिएको बताएका हुन् । यसअघि सात यातायात प्रालिले हस्ताक्षर गरेर नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

Advertisement

उनीहरुले नयाँ बसपार्कमा उचित सुरक्षाको व्यवस्था, शौचालय घेराबार, पर्खाल, पिउनेपानी, बत्ती चमेनागृहसमेत नभएको भन्दै त्यसको व्यवस्थापनका लागि माग गरेका छन्। यातायात व्यवसायीले एक हप्तादेखि वार्ताको लागि आग्रह गरेपनि सम्बन्धित पक्ष मौन भएकाले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन् ।

यसअघि नगरपालिकाले नयाँ बसपार्कमा अनिवार्य गाडी पार्किङ गर्ने प्रक्रियाअगाडि बढाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top