न्यायामूर्तीहरुले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौंः रामचन्द्र पौडेल

न्यायामूर्तीहरुले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौंः रामचन्द्र पौडेल

३ माघ, तनहुँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्‌।

प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनःस्थापन हुनुपर्ने बताए।

वरिष्ठ नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड दिए।

कांग्रेसलाई चुनावमा जान कुनै हतार भएको छैन, उनले भने, अब चुनाव आयो, कांग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन। कांग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन।

वरिष्ठ नेता पौडेलले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान कांग्रेस तयार रहेको बताउँदै चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव बहिष्कार गर्दै आएका हौँ भने।

जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनले आरोप लगाए।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.