विशेष अदालतको थुनामा पठाउने आदेशविरुद्ध दीप बस्नेत सर्वोच्च पुगे

३ माघ, काठमाडौं ।

ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै विशेष अदालत काठमाडौंले डिल्लीबजार कारागारमा पुर्पक्षका लागि पठाइएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेत शुक्रबार सर्वोच्च अदालत पुगेका छन् ।

उनी विशेष अदालतको आदेश विरुद्ध सर्वोच्च अदालत पुगेका हुन् । शुक्रबार सर्वोच्च अदालतको समय सकिनै लाग्दा बस्नेतले विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध निवेदन दर्ता गराएका छन् ।

Advertisement

भौतिक योजना तथा निमार्ण मन्त्रालयको सचिव भएका बेला बस्नेतले कार्यक्षेत्र मिच्दै बालुवाटारस्थित ललिता निवासको जग्गा ब्यक्तिका नाममा दर्ता गराउन ‘फाईल’ उठाएका थिए ।

बस्नेतले उठाएको यही फाइलका आधारमा तत्कालीन मन्त्री विजयकुमार गच्छदारले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । र, त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले सदर गरेको थियो ।

विशेष अदालतले थुनामा पठाउन दिएको आदेश विरुद्ध वारेसमार्फत बस्नेतले सर्वोच्चमा पुनरावेदनको निवेदन दर्ता गराएका हुन् ।

२८ मंसिर ०७६ मा विशेष अदालतले बालुवाटारको सरकारी जग्गा गैरकानुनी ढंगले व्यक्तिका नाममा लैजान मतियारको भूमिका खेलेको अभियोगमा बस्नेतलाई थुनामा पठाउने आदेश दिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top