कोरोना योद्धा सम्मानबाट नेपाल टाईम्सकर्मी रस्मिता उदास सम्मानित

३ माघ ७७, शनिबार

३ माघ, विराटनगर ।

Advertisement

नेपाल टाईम्सकर्मी रस्मिता उदास कोरोना योद्धा सम्मान पत्र–२०२१बाट सम्मानित भएकी छिन् ।

सञ्चार क्षेत्रमा लामो समय देखि क्रियाशील नेपाल टाईम्सकी समाचार प्रस्तोता उदास शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा सोसाइटी जोन चेयर पर्सनद्धारा आयोजित कार्यक्रमका बीच कोरोना योद्धा सम्मान पत्र–२०२१ बाट सम्मानित भएकी हुन् ।

Advertisement

कोरोना महामारीकाबीच जनतालाई सु–सूचित गराउने कार्यमा सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको उचित मुल्यांकन गर्दै उदाससहित ८ जना पत्रकारहरुलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको छ ।

सम्मानित हुने अन्य पत्रकारहरुमा शंकर खरेल, नविन कर्ण, सोनुकुमार दास, जितेन्द्र ठाकुर,प्रेम देवान,राकेश कर्ण र विरेन्द्रकुमार साह रहेका छन् ।

Advertisement

यस्तै कार्यक्रममा न्युरो अस्पतालका अध्यक्ष विरेन्द्रकुमार बिष्टलाई समेत सम्मान गरिएको छ । कोरोना महामारीकाबिच न्युरो अस्पतालले प्रदेश नं. १ मै पहिलोपल्ट निजी क्षेत्रबाट बहु–बिशिष्टिकृत कोभिड अस्पताल सञ्चालनमा ल्याई संक्रमितहरुको उपचारमा पुर्याएको योगदान कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

सोही अवसरमा क्लबले विराटनगरका विभिन्न सामुदायिक विद्यालयमा आबद्ध गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री समेत वितरण गरेको थियो ।

सोसाईटी जोन लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वानका चेयर पर्सन मोजाहिद ईराकीको नेतृत्वमा क्लबले करिब ४ सय विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यार्थीहरुलाई झोला, पेन्सिल, कटर, ईरेजर,कलम लगायतका आवश्यक शैक्षिक सामग्रीहरु वितरण गरिएको कार्यक्रम संयोजक मोहम्मद आरिफ रिजवान खानले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top