×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

३ माघ २०७७

३ माघ, काठमाडाैँ ।

सरकारले विपद्का बेलामा हुने क्षति रोक्न र घटना भए पनि पुनःस्थापन एवं पुनःनिर्माणका कार्यक्रम सञ्चालनका गर्न आइपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि राष्ट्रिय रणनीति निर्माण गर्ने भएको छ । गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीति निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।

Advertisement
Advertisement

उक्त रणनीतिको मस्यौदामाथि अहिले छलफल चलिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।कुनैपनि विपद्का घटना हुँदा त्यसको व्यवस्थापनमा प्रथमतः आर्थिक विषय महत्वपूर्ण भएर उठेको हुन्छ । आर्थिक व्यवस्थापन हुन नसक्दा राहत, पुनःनिर्माण र पुनःभरण प्रभावकारी हुन सक्दैन । भौतिक संरचनालाई दुरुस्त राख्न पनि वित्तीय स्रोत आवश्यक पर्छ । घटना भएपछि आर्थिक जोहो गर्न लाग्नुपर्ने तीतो यथार्थ हामीमाझ छ । उक्त रणनीति निर्माणपछि यस्ता समस्या हल हुने विश्वास गरिएको छ ।

विपद्का बेला हुनसक्ने क्षति न्यूनीकरण र पुनरुत्थानका लागि वित्तीय व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरी राष्ट्रिय रणनीति निर्माणका अवधारणा अघि बढाइएको हो । विपद् जोखिम न्यूनीकरण, खोज, उद्धार, राहत, पुनःस्थापना, पुनःनिर्माण, पुनःलाभमा लगानी गर्नुपर्न अवस्थामा अर्थाभावले निम्त्याउने समस्यालाई रणनीति पछि सञ्चालन हुने कार्यक्रमले हल गर्ने विश्वास छ ।

वित्तीय स्रोतको अभावमा यस्ता कार्यक्रम छोटो समयमा सम्पन्न गर्न गाह्रो हुनेहुँदा वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीतिको आवश्यकता महसुस गरिएको प्राधिकरणले जनाएको छ । विपद्का घटनालाई रोक्न नसकिए पनि त्यसको दायित्व हस्तान्तरण गरी आर्थिक पुनःभरण गर्न सकिन्छ ।

मुलुकमा सार्वजनिक तथा निजी क्षेत्रबाट ठूला पूर्वाधारका काम भइरहेको सन्दर्भमा समय समयमा आउने विपद्ले निम्त्याउने क्षतिको व्यवस्थापनमा वित्तीय स्रोतको आवश्यकता बढी हुन्छ ।

विकासका उपलब्धिलाई संरक्षण गर्दै वित्तीय उत्थानशील नेपाल निर्माण गर्न वित्तीय स्रोत व्यवस्थापन रणनीति बनाउन लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । सो रणनीति निर्माणका विषयमा गृह मन्त्रालयले छलफल अघि बढाएको छ ।

रणनीति निर्माणपछि विपद्बाट हुने आर्थिक, भौतिक, सामाजिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्दै वित्तीय जोखिममा सरोकारवालाको हिस्सेदार कायम गरी विपद्का समयमा वित्तीय स्रोत उपलब्ध गराउन सहज हुनेछ । यस्तै व्यवस्थित वित्तीय संयन्त्र सुनिश्चित गर्ने कुरासमेत हालै तयार पारिएको रणनीतिको मस्यौदामा उल्लेख छ । प्राधिकरणले विपद् व्यवस्थापनमा वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीतिलाई अन्तिम रुप दिने तयारी थालेको छ ।

रणनीतिको प्रारम्भिक मस्यौदामाथि पहिलो चरणमा छलफल गरिएको । अन्तिम रुप दिएर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट पारित गर्ने योजना रहेको छ । गृहमन्त्री रामबहादुर थापाले वित्तीय श्रोत व्यवस्थापन हुने सके विपद्पछिका धेरै कार्यक्रम प्रभावकारी हुने बताए ।

यही वर्ष नेपालका विभिन्न क्षेत्रमा गएको बाढी र पहिरामा परी प्रभावित भएका परिवारका लागि अझै पनि घरबासलगायतका कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन । यसको पहिलो कारण भने वित्तीय स्रोत व्यवस्थापन नहुनु नै हो । प्रभावित परिवारको पुनःस्थापनका लागि हालै मात्र सरकारले भूकम्प प्रभावितलाई झैँ राहतका कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

Advertisement

वित्तीय स्रोत हुने हो भने यस्ता घटना वा परिघटनामा तत्कालै परिचालन हुने गरी पुनःनिर्माण र पुनरुत्थानका कार्यक्रम सञ्चालनमा हुन सक्थ्यो । त्यसैले स्रोत व्यवस्थापनकै लागि रणनीति ल्याउन लागिएको जनाइएको छ ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top