×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली जनतालाई रुवाउन दिईने छैन : केपी ओली

३ माघ, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी पार्टी भित्र भएको ‘कपट पुर्ण तमासा’ले व्यवधान श्रृजना गराएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाण्डौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहिनता बढ्दै गएको बताएका हुन्।
उनले भने,“हामो पार्टीमा जस्तो भाँडभैलो, अराजकता र अनुशासनहिनता संसारमा कहीँ देख्नुभएको छ ? आफ्नै अध्यक्षका विरुद्ध टेलिभिजनमा गयो मनपरी बोल्यो । त्यत्ति अराजकता, त्यत्ति अनुसासनहिनता कही देख्नुभएको छ ? ”

Advertisement
Advertisement

उनले प्रचण्ड माधव समुहलाई संसदीय प्रणालीको अभ्यास र बहस गर्न सुझाव दिए। उनले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आक्षेप लगाउने काम गरिएकोमा रोष प्रकट गरे।

देश बरबाद पार्न नदिने
प्रधानमन्त्री ओलीले देश बरबाद पार्न नपाएको चिन्ता मानेकाहरुले आफ्नो खुसीलाई देख्न नसकेको दाबी गरे । सरकारले सम्पुर्ण जनताको खुसीका लागि अभिभावककको काम गरिरहेकाले जनतालाई रुवाउन खोज्नेहरुको प्रयास सफल हुन नदिने दाबी गरे ।

उनले भने “केही मान्छेहरु कोकोहोला मच्चाएर हिडेका छन् । केहीलाई पिर पनि परेको छ । ओलीले संविधान च्यात्यो ।कहाँ देख्नुभयो उहाँहरुले ? संविधान च्यात्यो । धुजा धुजा पार्यो । यस्तो देशै वरबाद हुन लागेको बेला पनि केपी ओली मुस्कुराई राखेको छ । उहाँहरुले देश बरबाद पार्न नपाएकोमा चिन्ता मात्रै हो । उहाँहरुले देश बरबाद पार्न खोज्नुभएको थियो । ”

उनले प्रश्न गरे “ के म मान्छे मार्दै, विदुवा बनाउदै । दुनियाँलाई रुवाउदै हिडुँ ?विभत्स दृश्य हेरेर दुनियाँ रुवाएर , कसैको खेत खोसेको छ । कसैको पैसा खोसेको छ । रुवाउने पनि एउटा तरीका हुन्छ । नेपाली जनता हासेकोमा किन पिर परेको होला ? रुवाउन खोजेका थियौ । सक्तैनौ । सकेनौ । रुवाउन दिईने छैन । ”

उनले लामो समय संघर्ष गरेर प्राप्त उपलब्धिलाई कसैको इसारा र स्वार्थका कारण गुम्न नदिने प्रतिवद्धता जनाए। उनले भने“देश प्रतिगमन तर्फ फर्कन सक्तैन । देश अगाडि बढ्छ । ” निर्वाचन नचाहने र सत्ता कब्जा गर्ने मनसायले अघि बढेकाहरुले निर्वाचनको विरोध गर्नुको साथै अदालतलाई धम्कीपुर्ण भाषा प्रयोग गरेको दाबी गरे । लोकतन्त्रका कुरा गर्ने तर निर्वाचनमा जान डराउनेहरु असली पार्टी आफुहरु रहेको भन्दै निर्वाचन आयोग पुगेर चुनाव चिन्हमा दाबी गर्न पुगेको बताए। एकपटक पनि सुर्य चिन्हबाट चुनाव नलडेकोहरुले सुर्य चिन्हमा दाबी गरेको बताए । उनले भने  “सुर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुहोस् । ”

प्रधानन्यायाधीशलाई भेटेको छैन
प्रधानमन्त्री ओलीले न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौति दिए । उनले भने,“मैले यसपटक मात्रै होइन , शायद कहिलेही भेटेको छैन ।” उनले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गरे । उनले भेटघाटबारे समाचार छाप्ने संञ्चारमाध्यमलाई ‘झुट बोल्ने कर्तव्यको ठेक्का लिएको ’संज्ञा दिए ।

उनले भने, “न्यायप्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ । उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छुहुन्छ ? ” उनले मिडिया मार्फत लोकतान्त्रिक संस्थाहरुमाथि हमला गर्ने काम भएको बताए ।

उनले भने “एउटा पत्रिका जो झुट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ । हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ । आज फेरी पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ । लाज पनि लाग्न पर्छ । लोकतान्त्रिक संस्थाहरुमाथिको हमला । ”प्रतिनिधिसभा विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संबैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधिसभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाएकी थिइन् ।

मन्त्रीपरिषद्को निर्णयबारे
उनले केही विषय नपाएपछि मन्त्रीपरिषद्ले प्रतिनिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाईएको छैन भनेर टिप्पणी गरेको बताए । ‘मन्त्रीपरिषद्ले संसद विघटन गर्ने सम्बन्धमा गरेको निर्णयमा धारा खुलाईएको छैन’ भन्नेहरुलाई उनले प्रश्न गरे “प्रतिनिधिसमा विघटन गरेर निर्वाचनमा जाँदा त्यसको निर्णय गर्दा धारा खुलाएर गर्नुपर्छ भनेर संविधानको कुन धारा, कुन ऐनको धारामा छ कुन नियमावलिमा छ ? सर्वोच्चमा बहस गर्न जाँदा त्यत्ति त थाहा हुनुपर्छ नि । ”

आफुहरुको किर्ते गर्ने चलन नभएको पनि बताए । उनले भने  “साढे ३ बजे दर्ता गर्न लगेकोमा साढे १०ः४० मै म कहाँ आएको थियो भनेर र्किते सनाखत गरेर चल्ने हाम्रो चलन छैन । ” उनले प्रचण्ड माधव समुहले सर्वोच्च अदालतको हुर्मत लिने काम गरेको र संसद विघटन भईसकेको बेलामा निर्वाचन गराउन हुदैन भनेर धम्की दिदै हिडेको बताए ।

उनले भने “प्रतिनिधिसभा विघटन भईसक्यो । निर्वाचन गर्न हुदैन भनेको छ । देशलाई कहाँ लान खोजेको? ….अनि उहाँहरु धाक लगाउनुहुन्छ …. ‘नत्र हामी सडकबाटै यो गछौ त्यो गछौ भनेर ।” उनले पार्टीको बैठकमा सहभागी हुन पनि प्रचण्ड माधव समुहलाई आव्हान गरे ।

उनले भने “परिस्थितिको आँकल गरिसक्नुभएको होला नि ? अब आउनुहोस् । अध्यक्षको पद खोसेको छैन । आउनुहोस् । वरिष्ठको पद पनि खोसेको छैन । आउनुहोस् । ”

पुस २९ गते काठमाण्डौमा प्रचण्ड माधव समुहले गरेको कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्तिको खण्डन गर्नमै आफ्नो अधिकांश समय खर्चेका प्रधानमन्त्री ओलीले सरकारको विकासको चाहाना र प्रयास असाधारण रहेको र त्यो अघि बढीरहेको पनि बताए । उनले अस्पताल उद्घाटन लगायतका कामहरुको फेयरिस्त नै प्रस्तुत गरे ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top