प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो

३ माघ, काठमाडाैँ ।

विकेटकिपर आशिफ शेखले अर्धसतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा एपिएफले प्रदेश नं १ लाई १ सय ३५ रनले हराउँदा प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

२ सय ४४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश नं १ खुलेर ब्याटिङ गर्न सकेन । बलियो एपिएफका बलर सामु प्रदेश १ निरिह बन्न पुगेको थियो । ओपनरद्वय दिपक पासवान र मिनास थापाले क्रमश १३ र १८ जोडे । फिर्दोसले १७ रनको पारी खेल्दा दिपेश कंडेलले १६ रन जोड्दा जोशक खड्का १२ रनमा नटआउट रहे प्रदेश १ का ६ ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

Advertisement

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा अभिनास बोहोराले सर्वाधिक ३ विकेट हात पार्दा कमल ऐरी, किशोर महतो र भुवन कार्कीले समान २÷२ विकेट आफ्नो नाममा लेखाए । कप्तान शरद भेषवाकरले एक विकेट हात पारे ।

यस अघि टस हारे पहिला ब्याटिङको निम्तो पाएको विभागीय टोली एपिएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४३ रन जोड्न सफल भएको थियो । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा एपिएफका लागि ओपनरद्वय आशिफ शेख र सुवास खकुरेलले ७१ रनको सर्वाधिका साझेदारी गरे । आशिफले ५९ रनको अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेको आशिफले ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

आशिफलाई साथ दिएका सुबासले ४१ बलमा १९ रन जोडेर पेभेलियन बाटो फर्किँदा कप्तान शरद भेसावकरले ३९ बलको समाना गर्दै २० को योगदान गरे । प्रदीप ऐरीले ७ रन बनाउन १४ बलको सामना गर्दा एक चौका प्रहार गरे । यस्तै सुमित महर्जन २० बलमा १ चौकासहित १४ रन बनाएर आउट हुँदा सन्दीप जोराले ३९ बलमा चार चौकासहित ३० रन जोडे । बसन्त रेग्मीले ५२ बलमा चार चौका र दुई छक्कासहित ४० तथा भुवन कार्कीले ७, कमल ऐरीले ५, किशोर महतो २३ बलमा २ चौकासहित १९ रनको पारी खेले । अविनाश बोहरा ६ रनमा अविजित रहे ।

प्रदेश नम्बर १ का लागि दिपेश कँडेलले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै हेमन्त राईले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै श्रावण यादवले ६ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए । फिर्दोअन्सारीले १० ओभरमा ४० रन खर्चिएर २ विकेट लिँदा जोशक खड्काको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा आइतबार दुई खेल हुनेछन् । मूलपानी क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णालदी प्रदेशसँग प्रतिस्पर्धा गर्दा कीर्तिपुरको त्रिवि मैदानमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले बाग्मती प्रदेशसँग खेल्ने छ । नेपाल क्रिकेट संघको आयोजनामा तीन विभागीय र सात प्रदेशका टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता माघ १० गते सम्म सञ्चालन हुने छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top