सुनको भाउ आज प्रतितोला ९१ हजार ६ सय कायम

५ माघ, काठमाडौं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

Advertisement

हिजो सात सय रुपैयाँले घटेर तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

Advertisement

चाँदीको भाउ भने आज स्थिर रहेको छ । हिजोजस्तै चाँदी आजपनि तोलाको १२ सय ३० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top