मिटरब्याजी गिरोहका नाइके अहमद धरौटीमा रिहा

५ माघ, विराटनगर । विराटनगरमा मिटरब्याज सञ्चालन गर्दै आएको गिरोहका नाइके एजाज अहमदलाई जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

संगठित रुपमा मिटरब्याजको कारोबार गर्दै आएको आरोपमा पक्राउ परेका अहमदलाई जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

विराटनगर महानगरपालिका–९ घर भएका एजाज मिटरब्याजमा लगानी गर्ने र जबरजस्ती रकम असुल गर्ने गिरोहका नाइके हुन् ।

एक वर्षअघि विराटनगरकै एक ३२ वर्षीय पुरुषलाई १५ लाख रुपैयाँ ऋण लगानी गरेका एजाजको समूहले अपहरण शैलीमा लगेर एक करोड १० लाखको छुट्टाछुट्टै चेक बनाएर छाडेको थियो ।

१५ लाख रुपैयाँको सावाँ–ब्याज गरी १७ लाख रुपैयाँ बुझाएका ती पुरुषबाट जबरजस्ती ५० लाख र ६० लाखको चेकमा हस्ताक्षर गर्न लगाई चेक लिएर गएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी परेको थियो ।

६ पुसमा एजाजलाई घरबाटै पक्राउ गरेको प्रहरीले उनीसहित चार जनाविरुद्ध सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत मोरङमा ‘आपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ता गरेको थियो ।

अनुसन्धानका क्रममा एजाजले गिरोह नै सञ्चालन गरेको खुलेपछि विराटनगर–९ का ३२ वर्षीय एजाज अहमद, ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खानलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । एजाज बाहेक अन्य फरार छन् ।

शुक्रबार मुद्दा दर्ता भएपछि आइतबार अदालतमा थुनछेक बहस भएको थियो । बहसपछि जिल्ला न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो । आदेशलगतै पाँच लाख रुपैयाँ धरौटी बुझाएर आरोपी छुटेको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार एजाजको गिरोहले सुरुमा थोरै लगानी गर्ने र विभिन्न परिबन्धमा पारेर यातना दिँदै, धम्क्याउँदै र अपहरण गर्दै सर्वसाधारणसँग धेरै रकम असुल्ने गर्दै आएको थियो । छोटो समयमा उल्लेख्य आर्थिक प्रगती गरेका एजाजको समूहले १५ लाख रुपैयाँ ऋण लिएका पुरुषलाई ऋण चुक्ता भएपछि पुनः ४५ लाख ऋण लिएको तमसुक गराएको थियो । तमसुक देखाएर ६० लाख माग्दै बारम्बार धम्की दिएका थिए ।

तर ती पुरुषले रकम दिन इन्कार गर्दै आएका थिए । त्यसपछि गफ गर्न भन्दै बोलाएर मंसिर २५ गते उनलाई सो समूहले अपहरण शैलीमा बा १८ च ८९९५ नम्बरको कारमा लिएर गएको थियो । सोही क्रममा पुस ८ गते ५० लाख र माघ १० गते ६० लाखको चेक बनाएर हस्ताक्षर गर्न लगाएको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top