बगरको फलफूल र तरकारीबाट रु सात लाख आम्दानी

१८ जेठ ७५, शनिबार

कलैया, जेठ १९
बाढीले खेत कटान गरी बगरमा परिणत भएको तीन हेक्टर क्षेत्रफलमा फलफूल र तरकारीखेती गरी कृषकले रु सात लाखभन्दा बढी आम्दानी गरेका छन् ।

Advertisement

अडान नेपाल नामक गैरसरकारी संस्थाको सहयोग, जनजागरण युवा क्लबको सहकार्य र समन्वयमा बाराको फत्तेपुरस्थित दुधौरा खोलामा रहेको बगर क्षेत्रमा चार कृषक समूहका ६० जना कृषकले तरभुजा, काँक्रो, लौका, करेलाखेती गरी रु सात लाखभन्दा बढी आम्दानी गरेको जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादवले जानकारी दिए ।

कृषक समूहका मुनी अंसारीकाअनुसार फलफूल तथा तरकारीको मौसम सकिसकेपछि मात्र फलफूल तथा तरकारी लगाएका कारण अपेक्षअनुरुप उत्पादन हुन नसकेको जानकारी दिए ।

Advertisement

बारामा करीब सात हजार १४० हेक्टर जमिन बाँझो रहेको जिल्ला कृषि विकास कार्यालय बाराका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top