फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

५ माघ, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरी सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ ६ गतेका लागि बोलाइएको बैठक माघ १३ गते दिउँसो १ बजे बस्ने भएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ। यस अगाडि पुस २७ गते का लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको थियो।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो। कांग्रेसले ओलीको यो कदमलाई असंवैधानि भने पनि यसको प्रतिकार सशक्त रुपमा गर्न सकेको छैन।

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जानुपर्ने अडान अगाडि सारेको छ भने सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला नआएसम्म यो विषयमा निर्णय नगर्नु उचित हुने अडान लिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.