शीत भण्डारबाट डेढ करोडको बिउ आलु बिक्री

५ माघ ७७, मंगलबार

५ माघ, स्याङजा।

स्याङ्जामा आलुको बिउ भण्डारण गर्न शीत भण्डार निर्माण गरिएसँगै आलुखेती गर्ने कृषकको आकर्षण बढेको छ ।

यस वर्ष शीत भण्डारबाट डेढ करोडको बिउ आलु बिक्री गरिएको छ । यहाँबाट ३०० भन्दा बढी कृषकले २६७२ बोरा बिउ आलु बिक्री गर्न सफल भएका छन् ।

Advertisement

प्रति किलो ७ रुपैँयामा यस शीत भण्डारमा आलु राख्न सकिने व्यवस्था भएपछि छिमेकी जिल्ला पाल्पाका कृषकसमेत लाभान्वित भएका छन् । पछिल्लो समय यहाँबाट देशका बिभिन्न जिल्लामा आलुको बिउ निर्यात हुन थालेको छ ।

३०० भन्दा बढी कृषकले करिब डेढ करोडको कारोवार गर्न सफल भएको शीत भण्डार संचालक समितिका अध्यक्ष रुमलाल कंडेलले जानकारी दिएका छन् ।

Advertisement

विश्व बिकाश बैंकको सहयोग ,नेपाल सरकार सिंचाई तथा जलस्रोत व्यवस्थापनको अनुदान रकम र आँधीखोला बहुउदेश्यीय पानी उपभोक्ता संस्थाको सहभागितामा एक करोड सत्र लाखको लागतमा मझौला शीत भण्डारण गृहको निर्माण गरिएको हो ।

यो भण्डारगृहको क्षमता एक सय पचास मेट्रिक टन हो तर श्रमता भन्दा बढि कृषकको माग आउन थालेको छ । प्रति केजी ७ रुपैँयामा कृषकले बिउआलु भण्डारण गर्दै आएका छन् ।

बिउ आलु लक्षित गरेर या शीत भण्डारण संचालनमा ल्याएसँगै खुशी भएका कृषकहरु भारतबाट आयात हुने आलुमासमेत गिरावट आउने बताउँछन् ।

अब आफ्नै बारीमा उत्पादन भएको आलु लामो समयसम्म भण्डारण गर्न सकिने भएपछि देश बाहिर जाने ठुलो रकम स्वदेशमै रहने मात्र होइन आलु खेतीमा कृषकको आकर्षण समेत बढ्ने देखिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top