‘नागरिक एप्स’ बारे सुझाव दिन सञ्चारमन्त्री गुरुङको आग्रह

५ माघ ७७, मंगलबार

५ माघ, काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले परीक्षणका रुपमा रहेको ‘नागरिक एप्स’ मा सुधार्नुपर्ने पक्षहरुबारे सार्वजनिक सुझाव दिन आग्रह गरेका छन् ।

मन्त्री गुरुङले आज सार्वजनिक आह्वान गरी सो एप्समा भएका सुविधामा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाबारे सुझाव दिन आग्रह गरेका हुन् । उनले ‘डिजिटल नेपाल अभियान’ हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउन सो एप्स एक महत्वपूर्ण कडी साबित हुने बताए ।

नेपाल सरकारको राष्ट्रिय गौरवको कार्यक्रम रहेको सो एप्स मन्त्री गुरुङले गत शुक्रबार परीक्षण शुभारम्भ गरेका थिए । यसमा हाल नागरिकका स्थायी लेखा नम्बर, नागरिकता, शैक्षिक विवरण, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, ‘हेल्लो सरकार’ आदि सेवा क्षेत्रका विवरण समावेश गरिएको छ ।

Advertisement

विभिन्न सरकारी सेवा लिन घन्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले अनलाइनबाट सहजै सेवा दिन यो कार्यक्रम अघि सारेको हो । आज दिउँसोसम्म सो एप्सलाई दुई लाख ३८ हजार ८०६ जनाले डाउनलोड गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सो एप्सलाई अधिकतम् उपयोग गर्न यसअघि सार्वजनिक आह्वान गरुेका थिए ।
रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top