उखुकाे भुक्तानीकाे समय सीमा सकियाे: तीनवटा मिलले दिए ४७ कराेड भुक्तानी, १८ कराेड अझै बाँकी

६ माघ, काठमाडौँ।

सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी पाएका छन्। उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको साेमबार २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत मङ्सिर २८ देखि काठमाडौँको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत पुस १३ गते चारबुदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनीहरुले आइतबार साँझसम्म तीन वटा चिनी उद्योगबाट रु साढे ४७ करोड भुक्तानी पाएका हुन्।

सहमतिअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले उखु किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने भनिएको छ। रु ६५ करोडभन्दा बढी बक्यौता रकममध्ये आइतबार साँझसम्म तीन वटा चिनी उद्योगले रु साढे ४७ करोड बक्यौता रकम भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार उखुको बक्यौता रकम माग्दै किसानले आन्दोलन नै गरेपछि मन्त्रालयले भुक्तानी नगर्ने मिललाई कारबाही गर्ने बताएको थियो । सम्बद्ध सञ्चालकलाई पक्राउ गर्न प्रहरीमार्फत पक्राउ पूर्जी पनि जारी ग¥यो । त्यसपछि मात्र भुक्तानी उठेको हो। माघ ४ गते साँझसम्म करीब रु साढे ४७ करोड भुक्तानी भएको छ। श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल र लुम्बिनी सुगर मिलले रु ४७ करोड ४५ लाख बक्यौता रकम भुक्तानी गरेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । उनका अनुसार इन्दिरा सुगर मिलले किसानको बैंक खातामा न्यून रकम जम्मा गरेको देखिएको छ ।

उखु किसान र सरकारबीच सहमति हुनु अगाडि नै सो मिलले रु ३३ करोड बक्यौता रकम भुक्तानी गरेसकेका थिए । सम्झौता भएको २१ दिनको अवधिमा ती उद्योगले न्यून मात्रामा रकम भुक्तानी गर्ने गरेको उनको भनाइ छ ।

Advertisement

सूचना अधिकारी लामिछानेका अनुसार सबैभन्दा धेरै श्रीराम सुगर मिलले रु ३१ करोड ८१ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ । रु ३५ करोड बक्यौता रकम रहेको सो मिलले किसानले उखु खरीदको प्रमाण बुझाउन नसक्दा भुक्तानीमा ढिलाइ भएको र खातामा पर्याप्त रकम भएको जानकारी दिएको उनले बताए । यसैगरी अन्नपूर्ण सुगर मिलले रु ११ करोड ४७ लाख बक्यौता रकम भुक्तानी गरेको छ ।

उक्त मिलले उखु किसानलाई रु १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ । अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकैभए तापनि हालसम्म इन्दिराले रकम भुक्तानी गरेको छैन । इन्दिरा सुगर मिलको खातामा रु एक करोड ५० लाख रकम जम्मा भएको देखिए पनि बक्यौता रहेको रु चार करोड ७० लाख भुक्तानी नगरेको उहाँले जानकारी दिनुभयो । दुवै मिलले अझै रु ११ करोड बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

रु आठ–आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले रु चार करोड १६ लाख बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले ५० प्रतिशतको हाराहारीमा रकम भुक्तानी गरेको पाइएको छ । किसान र सरकारबीच सहमति हुँदा श्रीराम सुगर मिलले रु २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले रु पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले रु दुई करोड बक्यौता रकम भुक्तानी गरिसकेका थिए ।

भुक्तानी नभए आन्दोलन

सहमतिअनुसार साेमबार साँझसम्म सबै बक्यौता रकम भुक्तानी नभए आन्दोलन गर्ने उखु किसान बताउँछन् । सरकारसँग सहमति हुनुअघिसम्म फटाफट बक्यौता रकम भुक्तानी गर्न शुरु गरेका चिनी मिल पछिल्लो समय सुस्तरुपमा भुक्तानी गरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिए।

“सहमतिअघिसम्म रु ३३ करोड बढी रकम भुक्तानी भइसकेको थियो, सरकारसँगको सहमतिअनुसार २१ दिनको अवधिमा रु १४ करोडमात्र बक्यौता रकम भुक्तानी भएको छ, रकम भुक्तानीमा सरकारसँगै उद्योगीले बेवास्ता गरेँ”, उनले भने, “आज साँझसम्म उद्योग मन्त्रालयले दिएको तथ्याङ्कअनुसारको रकम भुक्तानी नभए आन्दोलनका कार्यक्रम घोषणा गर्छौं ।” “अहिले थोरैथोरै भुक्तानी भइरहेको छ”, उनले भने, “सम्झौता अवधिमा सबै रकम पाउन मुस्किल छ।”

समुन्द्रा घिमिरे/रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top