नेपालमा नयाँ कोरोना, सर्ने क्षमता ७० प्रतिशत बढी

काठमाडौं : कोरोना भाइरसको नयाँ प्रजातिरभेरियन्ट संक्रमण नेपालमा पनि देखिएको छ। आनुवंशिक गुण परिवर्तन गरेको नयाँ भाइरसबाट एक महिलासहित तीन जना संक्रमित भएका हुन्। उनीहरू केही समयअघि नयाँ भाइरसको उद्गमस्थल बेलायतबाट स्वदेश फर्किएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा आरटी पीसीआर नेगेटिभ भइसकेको जानकारी दिए। ६७ वर्षीय पुरुष पोजिटिभ नै रहे पनि लक्षण नदेखिएको प्रवक्ता डा। गौतमको भनाइ छ।

बेलायतबाट फर्किएका नेपालीलाई निगरानीमा राखी ६ वटा नमुनाको परीक्षण गरिएको थियो। तीमध्ये तीनवटा नमुनामा एस जिन टार्गेट नेगेटिभ देखिएको थियो। भाइरसको नयाँ प्रजाति होरहोइन भन्ने पुष्टि गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा पुस २७ गते हङकङस्थित प्रयोगशालामा पठाइएको थियो।

‘उक्त नमुनाको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई इमेलमार्फत २०७७ माघ ५ गते प्राप्त भएको र तीन जनामा ९२८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष०मा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको पुष्टि भएको छ’, मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ। यीमध्ये दुई जना बेलायत नै फर्किसकेको पाइएको छ ।

प्रवक्ता डा। गौतमले बेलायतबाट फर्किएकामध्ये ६ जनामा कोरोना पोजिटिभ देखिएकामा तीन जनामा नयाँ भाइरस पाइएको खुलाए।, यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top