गरिब देशका जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचितः डब्लुएचओ

६ माघ, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप वितरणमा असमान रणनीतिका कारण विश्व ‘गम्भीर नैतिक असफलता’ तर्फ अघि बढेको चेतावनी दिएको छ।

Advertisement

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका धनी देशका युवा तथा स्वस्थ व्यक्तिले खोप पाउँदा गरिब देशका जोखिमयुक्त व्यक्ति खोप बिहीन हुनु न्यायीक नभएको बताए ।

अहिलेसम्म विश्वका धनी ४९ देशले तीन करोड ९० लाख डोज पाउँदा एक गरिक देशले २५ डोज मात्रै पाएको डब्लुएचओका प्रमुख डा. टेडरोजले बताए। कोरोना भाइरसविरुद्धको प्रयासलाई लिएर डब्लुएचओ र चीनको आलोचना हुँदै आएको छ।

Advertisement

डब्लुएचओले बनाएको स्वतन्त्र प्यानलले कोरोना भाइरसको महामारी चाँडै नै घोषणा गरिएको भए अवस्था केही सुधार हुने बताएको थियो। अहिलेसम्म अमेरिका, बेलायत, चीन, भारत र रुसले कोरोना भाइरसविरुद्धको खोप बनाएका छन् । यस्तै फाइजरको खोप पनि तयार भएको छ।

सबै खोप निर्माता तथा विकसित देशहरुले आफ्ना नागरिकलाई खोप लगाउनु पहिलो प्राथमिकतामा राखेका छन् । डा. टेडरोजले सोमबार डब्लुएचओको कार्यकारी बोर्डको बैठकमा भने, ‘विश्व गम्भीर नैतिक असफलताको किनारमा छ र यो असफलताको मूल्य विश्वका गरिब देशहरुले जीवन र जीविका मार्फत चुकाउनु पर्ने छ ।’

Advertisement

‘म पहिलो’ भन्ने रणनीतिले बाधा उत्पन्न गर्ने उनले बताएका छन् । यस्तो कार्यले महामारीलाई लम्ब्याउन सहयोग गर्ने चेतावनी उनले दिएका छन्। कोभ्याक्स, अर्थात खोपमा विश्वव्यापी सहकार्यका लागि पूर्ण प्रतिबद्धताको खाँचो रहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top