×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिका यात्रा प्रतिबन्धः डोनल्ड ट्रम्पले हटाए पनि जो बाइडनले जारी राख्ने

६ माघ, एजेन्सी ।
राष्ट्रपति डोनल्ड ट्रम्पले यूके, अधिकांश युरोपेली देश र ब्रजिलबाट हुने यात्रामा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि नयाँ राष्ट्रपतिको पदभार ग्रहण गर्न लागेका जो बाइडनकी प्रवक्ताले चाहिँ अमेरिकाले त्यसलाई कायम राख्ने बताएकी छन्।

सोमवार मात्र ह्वाइट हाउसले बाइडनले सत्ता सम्हालेको छ दिनपछि ज्यानुअरी २६ देखि ती देशबाट आउने मानिसहरूलाई अमेरिका प्रवेशमा लाग्दै आएको रोक हटाउने निर्णय गरेको थियो।

Advertisement
Advertisement

तर बाइडनकी प्रवक्ता जेन साकीले ट्वीट गर्दै अहिले यात्रा प्रतिबन्ध हटाउने बेला नभएको बताएकी छन्। बुधवार बाइडनले राष्ट्रपतिको शपथ लिनेछन्। गत मार्च महिनामा अमेरिकाले युरोपबाट र मे महिनामा ब्रजिलबाट हुने यात्रामा प्रतिबन्ध लगाएको थियो।

ट्रम्पको आदेश जारी भएलगत्तै साकीले ट्वीटमा लेखेकी छन्, हाम्रो चिकित्सा समूहको सल्लाहअनुसार हाम्रो प्रशासनले ज्यानुअरी २६ मा ती प्रतिबन्धहरूलाई हटाउनेछैन। वास्तवमा कोभिड–१९ सँग थप सामना गर्नका लागि अन्तर्राष्ट्रिय यात्राहरूमा जनस्वास्थ्य मापदण्डहरू बलियो बनाउने हाम्रो योजना छ।

उनले थप सङ्क्रामक भाइरसको प्रकार विश्वभरि देखा परिरहेकाले अहिले नै अन्तर्राष्ट्रिय यात्रामाथिका प्रतिबन्ध हटाउने बेला नभएको बताइन्। त्यसअघि ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा यूके, आयरल्यान्ड र युरोपको सेन्जेन क्षेत्रसहित ब्रजिलबाट हुने यात्रालाई ज्यानुअरी २६ बाट प्रतिबन्ध नलगाइने एउटा आदेशमा ट्रम्पले हस्ताक्षर गरेको जनाइएको थियो।

चीन र इरानबाट हुने यात्रामा भने प्रतिबन्ध कायम नै राखिएको उक्त आदेशमा उल्लेख गरिएको छ। यूएस सेन्टर्स फर डिजीजेज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले ज्यानुअरी २६ पछि अमेरिका आउनेहरूले कोभिड–१९ परीक्षणमा भाइरस नदेखिएको वा निको भएको प्रमाण पेस गर्नुपर्ने आदेश जारी गरेको थियो।

Advertisement

त्यसपछि राष्ट्रपतिको आदेश जारी भएको हो।(बीबीसी)

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top