करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु

१९ जेठ ७५, आइतबार

विराटनगर,जेठ २०
झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर बालिकाको ज्यान गएको छ।

कचनकबल गाउँपालिका –६ सिंहमारी बस्ने मोहबत राजवंशीको १२ वर्षीया छोरी ईन्द्रा राजवंशीको शनिबार दिउँसो टेबुल पंखाबाट करेन्ट लाग्दा उपचारका लागी लैजानेक्रममा ज्यान गएको हो।

दिउँसो १२ः३० बजे आफ्नै घरमा पंखा चलाउन खोज्दा करेन्ट लागेर बालिका गम्भीर घाइते भएकी थिईन।

Advertisement

बालिकालाई उपचारका लागी मेची अंचल अस्पताल लैजानेक्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top