आश्रमको निर्माणका लागि अन्नपूर्ण केबलले गर्याे आर्थिक सहयोग

७ माघ ७७, बुधबार

७ माघ, विराटनगर । 
अन्नपूर्ण केबलले विराटनगर–७ मा रहेको जनजाति कल्याण आश्रम नेपालको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । सो संस्थाले भवन निर्माणका लागि १ लाख र अन्य प्रयोजनका लागि २५ हजार रुपैयाँ सहयोग गरेको हो ।

Advertisement

अन्नपूर्ण केबलका सञ्चालक श्याम राठीले आश्रमका अध्यक्ष मनोजकुमार साहलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । अन्नपूर्ण केबलले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top