प्रहरीले फेला पार्याे अहिलेसम्मकै सबैभन्दा धेरै खैरो हिरोईन

७ माघ, काठमाडौँ ।

काठमाडौं उपत्यकाभित्र लागुऔषध,खैरो हिरोईनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा परेको छ । लागु औषध नियन्त्रण व्यूरोले काठमाडौं उपत्यकाभित्र लागु औषध खैरो हिरोईनको कारोबार गर्ने जालोलाई पक्राउ गरेको हो । लागुऔषध खैरो हिरोईनसहित ९ जना पक्राउ परेका हुन् ।

उनीहरुबाट ब्यूरोले ५ सय ३६ दशमलव पाँच ग्राम खैरो बरामद गरेको छ । यो परिमाण प्रहरीले बरामद गरेको हालसम्मै धेरै हो । ब्यूरोले उनीहरुको साथबाट ७ दशमलव ५ ग्राम एमफेटाइमन आइस ड्रग र लागु औषध तौल गर्ने मेसिन पनि बरामद गरेको छ । यस्तै, ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद, ६ हजार १ सय अमेरिकन डलर र ३ थान सवारी साधन समेत बरामद गरेको छ । ब्यूरोका प्रमुख एसएसपी दिलिपकुमार चौधरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिदैं काठमाडौं उपत्यकाभित्र कारोबार गर्ने अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको जानकारी दिए ।

लागुऔषध नियन्त्रण व्यूरोले पक्राउ परेको नौ जनालाई नै बुधबार सार्वजनिक गरेको हो । ब्यूरोको अनुसार पक्राउ परेका व्यक्तिहरुले लागु औषध खैरो हिरोईन प्रति १ ग्राम ३ हजार देखि १० हजरसम्ममा बिक्रि वितरण गरेको अनुसन्धानमा देखिएको पनि जानकारी दिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top