महिलाको शव फेला

महिलाको शव फेला

राजविराज, जेठ २०
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ ।

हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.