×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

गुगलले आफ्नो सर्च इन्जिन अस्ट्रेलियाबाट हटाउने धम्की

९ माघ, एजेन्सी ।
विश्‍वकै सर्वाधिक सर्च इन्जिन गुगलले अष्ट्रेलियाबाट आफ्नो उपस्थिति हटाउने धम्की दिएको छ।

अष्ट्रेलिया सरकारले त्‍यहाँका सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत रोयल्टीज मागेपछि गुगलले आफ्नो सर्च इन्जिन अस्ट्रेलियाबाट हटाउने धम्की दिएको बीबीसीले उल्लेख गरेको छ।

Advertisement
Advertisement

अष्ट्रेलिया सरकारले अष्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत टेक कम्पनी र मिडियलाई रोयल्टीको व्यवस्था मिलाउन गुगल र फेसबुकलाई चाँडै नै नयाँ आचार संहिता ल्‍याउन लागेको हो।

तर अमेरिकी दिग्गज टेक कम्पनीहरूले कानुनहरू कठोर हुने सेवालाई स्थानीयहरुको पहुँचसम्‍म पुर्‍याउन कठिन हुने बताएका छन्। शुक्रबार गुगलले यसबारेमा संसदले सुनुवाइ गरिरहेको कानुनले काम नै नगरिरहेको अवस्थामा रहेको बताएका छन्।

गुगल अस्ट्रेलियाका निर्देशक मेल सिल्भाले भनेका छन्, ‘यदि अस्ट्रेलिया सरकारले प्रस्तावित मस्यौदा कानुनको रुपमा लागू गरेमा हामीलाई अस्ट्रेलिया छाड्नु पर्ने हुन्छ। गुगलको सर्च इन्जिन अस्ट्रेलियामा रोकिन्छ।’

यसका साथै उसले भनेको छ, ‘हामीले अष्ट्रेलियामा सेवा प्रदान गर्न आर्थिक र परिचालन जोखिमको साथ काम गर्ने कुनै पनि बाटो देखेका छैनौ।’ यता, अस्ट्रेलियाका राजनीतिज्ञहरु यसको कानुनको बारेमा संसदमा बसेर बहस र छलफल गर्न तयार रहेको बताएका छन्।

ठूला दिग्गज कम्पनीहरुले समाचार पढ्न चाहने मानिसबाट ग्राहक लिने गरेकाले अब ती कम्पनीहरुले अस्ट्रेलियाको सञ्‍चारमाध्‍यमलाई उनीहरूको पत्रकारिताको लागि रोयल्टी तिर्नु पर्ने अस्ट्रेलिया सरकारले तर्क गर्दै आएको छ।

यता, गुगलले आफ्नो सर्च इन्जिन नै हटाउने धम्की भने विश्‍वव्‍यापी रुपमा बहसको विषय बनेको छ भने ठूलो कम्पनीहरुले कसरी सेवा दिने भन्‍नेबारे पनि सोच्‍ने स्थिति आएको छ।

यसबारे तर्क गर्दै गुगल अस्ट्रेलियाका म्‍यानेटर सिल्भाले भनेका छन्, ‘ गुगलले गर्दै आएको व्‍यापारको लागियो यो अस्थिरता जस्तो बाधक बनेर आइदियो। अनलाइन वा इन्टरनेटले कसरी काम गर्छ भन्‍नेबारेमा कुनै सरोकारको विषय थिएन।’

गत हप्ता मात्रै गुगलले आफ्नो रिपोर्टमा अस्ट्रेलियाका १ प्रतिशत स्थानीय समाचार साइटहरु ब्लक गरेको उल्लेख गरेको छ। यसलाई अस्ट्रेलियाका समाचारहरुको मूल्‍यांकन गर्न पनि गुगलले यो परीक्षण गरेको बताएको छ।

गत महिना अस्ट्रेलिया अर्थमन्त्री जस फ्राइडेनबर्गले गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरि भुक्तानीको आचारसंहिता लागू गर्ने र त्यसपछि अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने जानकारी दिएका थिए।

यस्तै अस्ट्रेलियाका सञ्चारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या निराकरण गर्ने यसले केही मात्रामा भएपनि राहत मिल्ने अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले बताउँदै आएका आएका छन्।

Advertisement

तर फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई त्यहाँका स्थानीय र अन्तर्राष्ट्रिय समाचारहरू सेयरमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको थियो।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top