भिजन एक्सिलेन्स अवार्डबाट डा. रुइसहित तीन नेत्र विशेषज्ञ सम्मानित

९ माघ, काठमाडौँ । भिजन एक्सिलेन्स अवार्ड २०२० बाट नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत, प्रा.डा .रामप्रसाद पोखरेल र डा. गोपालप्रसाद पोखरेल सम्मानित भएका छन् ।

Advertisement

शुक्रबार त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. रामवरण यादवले उनीहरुलाई सम्मानित गरेका हुन् । आँखा स्वास्थ्य क्षेत्रमा खटिएका १०० जना व्यक्तित्वमा ३ जना नेपालबाट पर्न सफल भएका हुन् ।

पूर्वराष्ट्रपति डा. यादवले दक्षिण एसियामै आँखा स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिकामा रहेको नेपालबाट ३ जना व्यक्तित्व पुरस्कृत हुनु गर्वको कुरा भएको बताए । ‘आँखा बा’ को रुपमा चिनिने डा. रामप्रसाद पोखरेल नेपाल आँखा अस्पताल तथा नेपाल नेत्रज्योति संघका संस्थापक हुन् ।

Advertisement

त्यसैगरी डा. सन्दुक रुइत विश्वकै प्रख्यात नेत्र विशेषज्ञको रुपमा चिनिन्छन् । तिलगंगा अस्पतालको संस्थापक रेहका उनी मोतिबिन्दु शल्यक्रियाका नवीनतम प्रविधिका जन्मदाता पनि मानिन्छन् । नेपाल आँखा अस्पतालका अध्यक्ष गोपालप्रसाद पोखरेल विश्व स्वास्थ्य संगठनसँग सम्बद्ध रहेर नेपालको आँखा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान प¥याएका छन् ।

सम्मान दिने संस्था इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस(आईएपीबी)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय संयोजक युद्धध्वज सापकोटाले ‘भिजन २०२०’ का उपलब्धिहरुलाई उत्सवको रुपमा मनाउँदै आँखा स्वास्थ्य सेवा प्राथमिकताका लागि वकालत गर्ने, यसको कार्यान्वयन र संस्थागत विकास र अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेका कारण सम्मानित गरिएको बताए ।

Advertisement

सन् १९९९ मा दक्षिण पूर्वी एसियामा नेपाल पहिलो राष्ट्र बनेको थियो जसले विश्व स्वास्थ्य संगठनसँग मिलेर (आईएपीबी)ले घोषणा गरेको विश्वव्यापी अभियान ’भिजन २०२०ः दृष्टि सबैको अधिकार’लाई आत्मसात गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top