मध्यावधि चुनावले आर्थिक सुधारमा कुनै असर नपर्ने

काठमाडौँ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताउनुभएको छ ।

प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँगको बिहीबार भर्चुअल मिटिङमा अर्थमन्त्री पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनीतिक प्रणालीको एउटा प्रक्रिया भएको बताउनुुभयो ।

नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले यस चुनावमा आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन उहाँले आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारका आर्थिक र सामाजिक क्षेत्रका नीतिहरू संविधानबाटै निर्देशित भएको उल्लेख गर्दै राजनीतिक विषयमा दलहरूको छुट्टाछुट्टै मत र धारणा भए पनि नेपालको समग्र आर्थिक तथा सामाजिक विकासमा सिङ्गो राष्ट्र र धारणालाई सरकारले प्रतिनिधित्व गरेको बताउनुभयो ।

Advertisement

अर्थमन्त्री पौडेलले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रम कुनै व्यक्ति वा दल विशेषका लागि लक्षित नभई नेपालको समग्र आर्थिक विकाससँग सम्बन्धित विषय भएकाले निर्वाचनपछि गठन हुने सरकारले पनि कार्यान्वयनलाई निरन्तरता दिनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रममा उल्लेखित विषयहरू संरचनागत सुधार, स्रोत व्यवस्थापन, वित्तीय सङ्घीयता तथा वित्तीय सुशासनका लागि निकै महत्वपूर्ण र दीर्घकालीन रूपमा प्रभाव राख्ने प्रकृतिका रहेको बताउनुभयो ।

कोभिड–१९ को प्रभावका कारण सिर्जना भएको असहज परिस्थितिबाट अर्थतन्त्रलाई जोगाउन सरकारले अङ्गीकार गरेको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जनासम्बन्धी कार्यक्रमका लागि अझ समसामयिक भएको भन्दै अर्थमन्त्री पौडेलले प्रस्तावित संरचनागत सुधार कार्यक्रमले नेपालको अर्थतन्त्रको सुरक्षाका लागि महŒवपूर्ण योगदान गर्ने विश्वास लिएको धारणा व्यक्त गर्नुभयो ।,यो समाचारर आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top