×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रपति, प्रधानमन्त्रीसहित पदाधिकारीको सम्पत्ति छानविन सुरु, आयोगले माग्यो सम्पत्ति विवरण
May 14, 2026
Playing
भारतले ४ महिनाका लागि चिनी निर्यात रोक्यो, किन गर्याे यस्तो निर्णय ? || Nepal Times
May 14, 2026
Playing
Top 15 Afternoon News || May-14-2026 || Nepal Times
May 14, 2026
Playing
Trumpलाई सीको सल्लाह, प्रतिद्वन्द्वी होइन, साझेदार बनौं || Nepal Times
May 14, 2026
Playing
आज सदनमा प्रधानमन्त्री नआए के हुन्छ ? || Nepal Times
May 14, 2026
Playing
१८ मन्त्रालय कुन कुन हुन् ? कुन खारेज भए? कुन गाभिए ? || Nepal Times
May 14, 2026
Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026

कृषिमा आधुनिक प्रविधि अपनाउँदै युवा किसान गङ्गाबहादुर

११ माघ २०७७

११ माघ, खोटाङ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गङ्गाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय सुरु गरेका छन्।

राजनीतिसँगै कृषि पेशासमेत गर्दै आएका विश्वकर्माले परम्परागत कृषि पेशालाई निरुत्साहित गर्दै गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको कृषि व्यवसाय सुरु गरेका हुन्।

Advertisement
Advertisement

खोटाङ कृषि फार्म स्थापना गरेर व्यावसायिक रूपमा कृषि पेशा अपनाउँदै आएका विश्वकर्माले उच्च गुणस्तर भएका तरकारी उत्पादन गर्ने उद्देश्यले रु ४२ लाखको लागतमा एकैसाथ चारवटा हाइटेक निर्माण गरेका छन्।

प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्र खोटाङको रु ३२ लाख र खोटाङ कृषि फार्मको रु १० लाखमा फरक–फरक आकारको चारवटा हाइटेक एकैसाथ निर्माण गरेर व्यावसायिक तरकारी खेती सुरु गरेका हुन्।

नगरपालिकाले सुरु गरेको प्राङ्गारिक कृषि अभियान कार्यक्रमअन्तर्गत तरकारी, नर्सरी तथा च्याउ उत्पादन गर्ने गरी फरक–फरक आकारमा चार हाइटेक निर्माण गरिएको फार्मका प्रबन्धक विश्वकर्माले बताए।

जिआइ पाइप र युवी प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेकमा उत्पादित तरकारी र च्याउ दिक्तेलबजारलगायत राजधानी काठमाडौँमा समेत खपत गराउने लक्ष्य छ ।

पाँच वर्षभित्र ‘अग्र्यानिक’ नगर बनाउने अभियान चलाइरहेको नगरपालिकामा युवा किसान विश्वकर्माले गोलभेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाँजरलगायत विभिन्न प्रजातिका तरकारी खेती सुरु गरेका छन्।

प्राङ्गारिक कृषि अभियान कार्यक्रमअन्तर्गत विश्वकर्माले आधुनिक बङ्गुर खोर तथा भकारो सुधार, च्याउको ब्रोइलर मेसिनसहितको घर निर्माण गरेका छन्।

विगतदेखि नै तरकारी, माछा, फलफूल खेती गर्दै आएका विश्वकर्मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य हुन्। बिहानरबेलुका तथा बिदाको समयमा तरकारी खेतीमा समय दिने विश्वकर्माले स्थानीय दुई युवालाई रोजगारीसमेत दिएका छन्।

विश्वकर्माको कृषि फार्ममा कामदारसँगै श्रीमती सरिता राईले साथ दिने गरेकी छिन्। विश्वकर्माले आफ्नै फार्ममा गँड्यौला मल र जैविक विषादी उत्पादनको तयारीसमेत गरेका छन्।

‘अन्य मलको तुलनामा गँड्यौला मलले बढी उत्पादन दिनुका साथै गुणस्तरीयसमेत हुन्छ’, विश्वकर्माले भने, ‘आधुनिक प्रविधि अपनाएर कृषि पेशा गर्दा कम मेहेनतमा बढी आम्दानी लिन सकिन्छ।’

जिल्लाका अगुवा कृषकसमेत रहेका विश्वकर्माले उत्पादन गरेका कृषि उपज जिल्लाका विभिन्न ठाउँ तथा बाहिरी जिल्लासमेत निर्यात हुने गरेको छ।

कृषि पेशाबाटै घरखर्च र बालबच्चाको पढाइ धान्दै आएका विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रदान गरिने सम्मान तथा पुरस्कारसमेत हात पारिसकेका छन्।

यसअघि सोही नगरपालिकाको वडा नं ८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले पनि हाइटेक प्रविधि अपनाएर व्यावसायिक तरकारी खेती सुरु गरेका थिए।

बुवालुङस्थित सुम्नीमा मेरुङ कृषि समूहमा आबद्ध युवा किसानले प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ विराटनगरको रु १९ लाख तथा कृषि समूहको रु आठ लाख ३३ हजार २३६ लागतमा हाइटेक निर्माण गरेर व्यावसायिक खेती सुरु गरेका हुन् ।

कृषि पेशामा ‘पूर्णकालीन’ बनेर सामूहिकरूपमा कृषिको व्यवसायीकरणमा जुटेका दोर्पाचिउरीडाँडास्थित बुवासुङका युवाले अलैँची, आलु, अदुवा, अम्रिसो, बेसार, तीतेकरेला, अकबरे खुर्सानी, लसुन, जापानिज नास्पाती, किबी, एभोकाडो, माछा, सुँगुर तथा तरकारी खेती गर्दै आएका छन्।

विसं २०७० देखि व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका १५ युवाले घरजग्गा छाडेर तराई बसिरहेका आफन्तको जग्गा भाडामा लिएर सामूहिक खेती सुरु गरेका छन्।

कृषि पेशाप्रति युवाशक्तिको मोह जगाउँदै गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सामूहिक खेतीमा लागेका युवाले कृषि फार्म क्षेत्रभित्रै बसोबास गर्न चारकोठे भवन र छाप्रो बनाएका छन्।

गाउँमा आफ्नै छुट्टै घर भए पनि उनीहरुको अधिकांश समय सोही छाप्रोमा बित्ने गरेको पाइएको छ। जमिन खनजोतदेखि बीउ छर्ने, गोडमेल गर्ने, मलजल गर्ने, भित्र्याउनेसम्मका काममा उनीहरु सामूहिकरूपमै खट्ने गरेका छन्।

Advertisement
Advertisement

सबै शेयर सदस्य युवा कृषि फार्ममा आलु, अदुवा, तरकारी, ग्रासकार्प जातको माछालगायत हेरचाहकै काममा दिन बिताउने गरेका छन्।(रासस)

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top