इमरान खानलाई सत्तामा ल्याउन भारत र इजरायलले लगानी गरेको आरोप

११ माघ ७७, आइतबार
Share this
771shares

११ माघ, एजेन्सी ।
पाकिस्तानमा वर्तमान प्रधानमन्त्री इमरान खानलाई पदमा ल्याउन भारत र इजरायलले लगानी गरेको आरोप लागेको छ।

Advertisement

यतिखेर पाकिस्तानमा विदेशी खुफिया लगानीबारे विवाद भइरहेको छ। जमीयत उलेमा ए पाकिस्तानका अध्यक्ष मौलाना फजरुर्रहमानले खानलाई सत्तामा ल्याउन भारत र इजरायलले लगानी गरेको आरोप लगाएका हुन्।

यी दुवै देशको पाकिस्तानसँग राम्रो सम्बन्ध छैन। त्यहाँको अखबार एक्स्प्रेससँग मौलानाले इमरान खान यहुदीको दलाल भएको र उनलाई सत्तामा ल्याउन भारतबाट समेत लगानी भएको आरोप लगाएका हुन्।

Advertisement

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टोले इमरान खान सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन अन्य पार्टीहरूलाई मनाउने बताएका छन्।

सत्तामा रहँदा विभिन्न पार्टी र नेताहरूले विदेशीबाट गैरकानुनी रूपमा रकम लिएकोबारे छानबीन गर्न प्रधानमन्त्री खानले सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश अजमत सइद अध्यक्षतामा एक कमिटी बनाएका छन्‌।

Advertisement

​सो कमिटी बनाएपछि विपक्षी दलहरू इमरान खानमाथि खनिएका छन्‌ र उनीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका छन्‌।

​निष्पक्ष ढंगले अनुसन्धान भए यसअघि सत्तामा रहेका धेरै नेताहरू कारबाहीको दायरामा तानिने अनुमान गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top