बिग ब्यास लिग : सन्दीप चम्कँदा सिड्नीमाथि होबार्टको जित

बिग ब्यास लिग : सन्दीप चम्कँदा सिड्नीमाथि होबार्टको जित

११ माघ, एजेन्सी ।

अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनको सहयोगमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सर्सलाई ७ रनले हराएको छ ।

मेलबर्न क्रिकेट मैदानमा भएकाे खेलमा जितका लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । सिड्नीका जोर्डन सिल्कले ४९ बलमा ८ चौका र २ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । मोइजेस हेनरिक्स ४३ र जोश फिलिपे १२ रनमा आउट भए ।

सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । सन्दीपले २४ मध्य १० बल डट राखेका थिए । नाथन इल्सले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । स्कट बोल्यान्डले २ र राइली मेरीडिथले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । होबार्टका ओपनर तथा कप्तान म्याथ्यु वेडले ४४ बलमा १० चौका र ३ छक्का सहित ८६ रनको योगदान दिए । डार्सी सर्टले ५२ बलमा ७ चौका र ३ छक्का सहित ७२ रनको योगदान दिए ।

पहिलो विकेटका लागि म्याथ्यु र डार्सी सर्टले १४।३ ओभरमा १ सय ४५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई बाहेक अन्य दुई ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.