नेपाल एयरलाइन्सका पाइलटले गरे पदमार्ग सफाइ

१२ माघ ७७, मंगलबार

१३ माघ, काठमाडौं ।

हवाइजहाजको आकाश यात्रामा सधैं व्यस्त रहने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलट पदमार्ग सफाइमा जुटेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण तीव्र रहेका बेला उद्धार उडानमा व्यस्त बनेका निगमका पाइलट, क्याबिन क्रू, इञ्जिनीयर, फ्लाइट डिपाचरलगायतका उड्डयनकर्मी फरक भूमिकासहित सफाइमा उत्रिएका हुन् ।

उड्डयनकर्मीले शनिबार थानकोटदेखि भालेश्वर मन्दिर जोड्ने पुरानो चन्द्रागिरि पदमार्ग सफाइ गरेका छन् । निगमको अपरेशन विभाग प्रमुख क्याप्टेन दीपुजुहार्चनसहितका उडानकर्मीले पदमार्ग सफाइ गरेको निगमले जनाएको छ । राष्ट्रिय ध्वजाबाहक भएको नाताले निगमले अरु विभिन्न कार्यमार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई निरन्तरता दिइने क्याप्टेन जुहार्चनले बताए । अहिले निगमको अन्तरराष्ट्रिय गन्तब्यमा उडानको चाप पनि कम छ । फुर्सदिलो समयको सदुपयोग गर्दै निगमका उडानकर्मीले सामाजिक उत्तरदायित्व बहन गरेका हुन् ।

Advertisement

उनीहरुले मेडिकल मास्क र पञ्जा लगाएर थानकोटको फेदीबाट चन्द्रागिरि डाँडासम्म करीब पाँच घण्टा सफाइ कार्यमा जुटेका थिए । सफाइका क्रममा झण्डै दुई क्विन्टल हाराहारी फोहर पदमार्गबाट उठाइएको सफाइ अभियानका संयोजकसमेत रहेका क्याप्टेन जुहार्चनले जानकारी दिए । प्लास्टिक, चकलेटका खोस्टा, फास्टफुड खानेकुराका प्लास्टिक, पानीका बोतल, मदिराका बोतललगायत बेवारिसे अवस्थामा फालिएका फोहर व्यवस्थापन गरिएको थियो ।

डाँडामा बोकेर पु¥याइएको फोहर निगमले चन्द्रागिरि हिल्स प्रालिलाई हस्तान्तरण गरेको थियो । उक्त फोहरलाई व्यवस्थापन गर्न केबलकारबाट पुनःथानकोटमा रहेको बेसस्टेसनमा झारिएको थियो । चन्द्रागिरि हिल्सले पनि सफाइ अभियानलाई सहयोग गरेको थियो ।

Advertisement

सामाजिक उत्तरदायित्वको जिम्मेवारी बहन गर्ने क्रममा निगमले यही माघ १० गते आफ्नो वाइडबडी ए ३३० जहाजमार्फत मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको थियो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको हो ।

मलेशियास्थित नेपाली दूतावाससँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । बाँकी शव ल्याउन आवश्यक तयारी भइरहेको निगमले उल्लेख गरेको छ । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top