×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक ः अध्यक्ष प्रचण्ड

२१ जेष्ठ २०७५

पोखरा, जेठ २१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताएका छन्र् ।

Advertisement
Advertisement

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल शुरु भएको र शासकीय स्वरुपमा केही नयाँपन लिएर जानुपर्ने हुनसक्छ भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनामा कम्युनिष्टको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसको सबलीकरणमा पनि कम्युनिष्टहरूको सक्रियता आवश्यक रहने बताए ।

पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका सम्बन्धमा करीब करीब सहमति भएको बताउँदै उनले दोस्रो संविधानसभामा समीकरण एवम् परिस्थिति बदलिएको अवस्थामा तत्कालीन रुपमा अहिलेलाई यही मोडेलअनुसार गर्ने भन्ने तय भएको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले नेकपा र भर्खरै सरकारमा आएको पार्टी पनि प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा रहेको र सरकारको पक्षमा अहिले दुई तिहाइ बहुमतसमेत रहेको उल्लेख गर्दै जनता र पार्टीगत तहमा यो छलफलको विषय भए पनि तत्कालीन एजेन्डा भने नभएको बताए ।

अध्यक्ष प्रचण्डले भने, “अहिले बीचैमा यो कुरा ल्याएर देशलाई समृद्धि एवम् विकासमा लैजानेतर्फ अलमल पार्न नहुने र निर्वाचन आउनुभन्दा केही समयअघि यो विषय आउने छ ।”

प्रदेश र स्थानीय तहलाई सम्पूर्ण रुपमा जिम्मा दिनका लागि पूर्वाधार तयार भइनसकेको अवस्थामा बजेट तय गर्दा त्यहाँ केही कमी रहे पनि आगामी वर्षमा क्रमशः बजेट बढ्दै जाने बताउँदै उहाँले पार्टी एकीकरणसँगै राजनीतिक स्थिरता कायम भएकाले समृद्धि र विकास अबको चुनौती भएको धारणा व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले प्रदेश सरकारलाई सबल बनाउनका लागि हाल विद्यमान मर्यादाक्रम त्यति व्यावहारिक नदेखिएको बताउँदै नयाँ मर्यादाक्रमका सम्बन्धमा लगभग सहमति भइसकेको र त्यो चाँडै नै आउनेछ भने ।

फेवातालको संरक्षणका साथै पोखरा र समग्र प्रदेश नं ४ को विकासका काम अघि बढ्नेमा पनि उनले जोड दिए ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top