विराटनगर,जेठ २१
अगरबत्ती उद्योगीहरुले अगरवत्ती उत्पादन र विक्री वितरणकालागि सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।
विराटनगरमा सम्पन्न नेपाल अगरवत्ती धुप उद्योग संघको छैठौ महाधिवेशनमा बोल्दै उद्योगी व्यवसायीले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसकेको पनि धारणा राखेका छन ।
भारतीय बजारबाट निर्बाध रुपमा अगरवत्ती नेपाल आयात हुँदा पनि सरकार मौन बस्दा नेपालका अगरबत्ती उद्योगहरु धरासायी बनेको उनीहरुको गुनासो छ ।
यसैबीच महाधिवेशनले चन्दा पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सल्लाहकारका भने मुरलीधर बर्नवाल ,रेवकृतम लाहोनी र रबि गिरिलाई चयन गरिएको छ । यसैगरी उपाध्यक्षमा प्रकाश खेतान, महासचिव निशान शर्मा,सचिवमा तिलक भट्टराई,सह सचिवमा चन्द्रकान्त शर्मा र मनिष मुद्रा कोषाध्यक्षमा चयन भएका छन् ।