आज थप २१३ जनामा संक्रमण, २९६ जना डिस्चार्ज

आज थप २१३ जनामा संक्रमण, २९६ जना डिस्चार्ज

१५ माघ, काठमाडौँ । नेपालमा आज थप २१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २९६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७० हजार ५८८ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ ।

कोरोना संक्रमणबाट आजै कसैको मृत्यु भएको छैन । अहिलेसम्म मृत्यु हुनेको संख्या २०२० रहेको छ ।

देशभर आज सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ पुगेको छ भने क्वारेन्टिनमा ११३ जना छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.