अखिलको आन्दोलनः चक्का जामदेखि मन्त्रीका गाडी चल्न नदिनेसम्म

१६ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी यूनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

यूनियनले सरकारको कदम नसच्चिदा सम्म आन्दोलनलाई निरन्तरता दिने र सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिता जनाउन अपिल समेत गरेको छ । माघ १६ गते सहिद पार्कमा श्रद्धाञ्जली सभा गर्ने, माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेश गर्ने, माघ २९ गते सुरक्षा प्रमूख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । यस्तै माघ २१ गते सबै क्याम्पस अगाडि कालो झण्डा सहित ३० मिनेट चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र यूवामार्च गर्ने, माघ २५ गते प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउने लगायतका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

यस्तै कोभिड विरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुचारु गर्नुपर्ने लगायतका माग पनि यूनियनले राखेको छ । लिपुलेक, लिम्पयाधुरा सहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सूचारु गर्न दावावमुलक कार्यक्रम गर्ने, कोभिडका कारणले समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन दवाव दिने, अहिले सम्मको शुल्क मिनाह गर्न र लिएको शुल्क फर्ता गर्न दावव दिने, शुल्क नतिर्न विद्यार्थी र अविभावकलाई आग्रह गर्ने लगायतका माग राखेर विरोध प्रदर्शन घोषणा समेत गरेको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top