सुदुरपश्चिमलाई ओलीको कर्तुतका विरुद्धमा जुरुक्क उठाएको छुः भीम रावल

१७ माघ, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले केपी ओलीको कर्तुतका विरुद्धमा सिंगो प्रदेश जुरुक्क उठेको बताएका छन्।

Advertisement

धनगढीमा शनिबार आयोजित विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

‘बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुहोस्, सुदूरपश्चिममा जन्मेको म त्यही केटोले प्रदेशलाई तपाईंको कर्तुतका विरुद्धमा जुरुक्क उठाएको छु,’ उनले भने।

Advertisement

रावलले आफैंले हस्ताक्षर गरेको संविधानलाई कुल्चेर ओलीले जनताको अधिकारलाई कमजोर पारी किर्ते गरेको आरोप लगाए।

निर्वाचनमा तत्कालीन एमाले र माओवादी मिलेका बेला सबैले भोट दिएको स्मरण गर्दै उनले ओली प्रधानमन्त्री भएको सरकारले मिचिएका भूमि फिर्ता ल्याउने ठानेको भए पनि त्यसो नगरेको बताए ।

Advertisement

नेकपालाई बिसर्जन गरी ओलीले पार्टीप्रति विश्वासघात गर्न १५०१ को केन्द्रीय कमिटी बनाएको भए पनि निर्वाचन आयोगले खारेज गरिदिएको उनको भनाइ थियो।

किसानलाई विस्थापित हुनेगरी विदेशी कम्पनीलाई फाइदा हुने गरी ओलीले षड्यन्त्र गरेको समेत रावलले आरोप लगाए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top