काठमाडौंमा बर्डफ्लु देखिएपछि चिकित्सकले दिए यस्तो सुझाव

काठमाडौं : काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो ।

फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटीपीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले बर्डफ्लु पन्छीमा संक्रमण हुने एक प्रकारको भाइरस भएको भन्दै सचेत र सतर्क रहनुपर्ने बताए ।

उनले भने, ‘बर्डफ्लु भएको पन्छीको माछामासु खाँदा सर्ने सम्भावना रहन्छ । मासु खाँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।’ कुखुरालगायतका पन्छीपालक कृषकदेखि ओसारपसार गर्ने, कुखुरा किन्न बजारमा घरीघरी गइराख्ने र कुखुरा मार्ने समूह उच्च जोखिममा रहेका हुन्छन् ।

चिकित्सकका अनुसार मासु खान मिले पनि बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियसमा मर्ने विभिन्न अध्ययनले देखाएको छ । पकाएको खानेकुरा १०० डिग्रीसम्म पुगेको हुनुपर्छ । गत केही दिन अगाडि छिमेकी देश भारतमा बल्र्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो । काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने पशु सेवा विभागले जनाएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top