गति लिँदै जनता आवास कार्यक्रम

काठमाडौँ: दस वर्षअघि सुरु भएको ‘जनता आवास कार्यक्रम’अन्तर्गत मुलुकभर २० हजारभन्दा बढी परिवारले सुरक्षित आवास पाएका छन् । थप सुरक्षित घर पाउने क्रम जारी छ । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायलाई आवास उपलब्ध गराउने उद्देश्यसहित यो कार्यक्रम आर्थिक वर्ष २०६६÷६७ देखि सुरु भएको हो ।

केन्द्र सरकारले सुरु गरेको यो कार्यक्रम आव २०७५÷७६ देखि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकारलाई हस्तान्तरण गर्नुअघिसम्म करिब २० हजार घर निर्माण सम्पन्न भएको सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । कार्यक्रम हस्तान्तरणपछिको एकीकृत तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

सङ्घीय सरकारले ‘जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७३’ निर्माण गरी ‘लोपोन्मुख र अति सीमान्तकृत जाति तथा समुदायका विपन्न वर्गलाई आवासको व्यवस्था गर्न’ यो कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यो कार्यक्रम प्रदेशलाई हस्तान्तरण भएपछि सबै प्रदेशले आ–आफ्नै कार्यविधि निर्माण गरेका छन् । सङ्घीय सरकारले जनता आवास कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारलाई ससर्त अनुदान उपलब्ध गराउँदै आएको छ । यस कार्यक्रमअन्तर्गत एउटा घर निर्माणका लागि सरकारले साढे तीन लाख रुपियाँ अनुदान दिँदै आएको छ भने लाभग्राहीले आफ्नै खर्चमा शौचालय बनाउने गरेका छन् ।

यो कार्यक्रम प्रदेशमा हस्तान्तरण भएदेखि अपेक्षित रूपमा प्रभावकारी बन्न नसकेको प्रवक्ता दवाडीको बुझाइ छ तर जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक एवं गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले सङ्घीय सरकारबाट आवश्यकताका आधारमा रकम विनियोजन नगर्दा लाभग्राहीले ऋणधन गरेर घर बनाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

लोपोन्मुख समुदायले पाए नयाँ घर
आर्थिक वर्ष २०७२÷७३ देखि सुरु भएको यो कार्यक्रम २०७६÷७७ सम्ममा प्रदेश २ का आठ जिल्लामा चार हजार ६४ घर बनिसकेका छन् । कुल आठ हजार ७४५ घर निर्माणका लागि सम्मmौता भएकामध्ये चार हजार ६८१ घरको काम सम्पन्न हुन बाँकी रहेको प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

प्रदेश २ का आठवटै जिल्लामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण हुने क्रम बढदै गएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साहले बताउनुभयो । गत आर्थिक वर्षसम्ममा बागमती प्रदेशका १० जिल्लाका एक हजार ३५४ विपन्न तथा लोपोन्मुख समुदायका नागरिकले छानो पाएका छन् ।

गत आर्थिक वर्षमा ७३४ परिवारका लागि आवासको व्यवस्था भएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको भवन, आवास तथा सहरी विकास महाशाखाका प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो । यस कार्यक्रममा गत आर्थिक वर्षसम्ममा २९ करोड ३६ लाख रुपियाँ खर्च भइसकेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशमा जनता आवास कार्यक्रमअन्तर्गत अहिलेसम्म तीन हजार ३४९ परिवारले नयाँ घर पाएका छन् भने चालू आर्थिक वर्षमा दुई हजार ४६७ वटा थप नयाँ घर बन्दैछन् । यसअघि आव २०७५÷७६ मा एक हजार ८२६ घर निर्माण भएका थिए भने आव २०७६÷७७ मा एक हजार २८४ वटा घर निर्माण भएको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको जनता आवास कार्यक्रमका इन्जिनियर चिरञ्जीवी गौतमले जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालय, कास्कीका इन्जिनियर दिनेशकुमार घिमिरेका अनुसार गण्डकीमा एक हजार पाँच सय घर निर्माणको चरणमा छन् भने ५६५ वटा सम्पन्न भइसकेका छन् । आव २०७५÷७६ देखि गण्डकी प्रदेशमा जनता आवास कार्यक्रमअन्तर्गत घर बनाउन थालिएको हो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top