NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान बिहिबार अशोज ३० , २०८२
नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु बिहिबार अशोज ३० , २०८२
बढेर आएपनि पेट्रोलको भाउ घट्यो बिहिबार अशोज ३० , २०८२
आज ३ प्रदेशको पहाडमा वर्षा बिहिबार अशोज ३० , २०८२
विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने बिहिबार अशोज ३० , २०८२
Next
Prev

समाचार

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारीमा कडाइ

आइतवार माघ १८ , २०७७
Reading Time: 1 min read
A A
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारीमा कडाइ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ माघ, जाजरकोट ।

छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणको प्रयास बढाइएको छ । यो निकुञ्ज वन्यजन्तु र जडीबुटी चोरीको अखडा बन्दै आएको छ । निकुञ्ज ठूलो क्षेत्रमा फैलिएको तर सुरक्षा सीमितताको अभाव रहेकाले यहाँ तस्कारी मौलाउने गरेको हो ।

तस्करहरुलाई हतियार बुझाउन जिल्ला प्रहरी कार्यालय डोल्पाले वर्षेनी सार्वजनिक सूचना प्रकाशित गर्ने गरे पनि अटेर गर्ने गरेका छन् । अहिले भने उनीहरु निकुञ्जको कडा अनुगमनमा परेका छन् । पछिल्लो तथ्याङ्कअनुसार यहाँ तस्करीमा संलग्न रहेकाबाट ७० थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, १० थान इन्सास राइफलका गोली निकुञ्जले कब्जामा लिएको छ ।

LS Auto

पहिले वन्यजन्तु हेर्न धेरै टाढासम्म पुग्नुपर्नेमा आजभोलि सदरमुकाम नजिकै रहेको सुलिगाड आसपासको क्षेत्रमा सजिलै देख्न सकिने सर्वसाधारणहरु बताउँछन् । कम खाद्यान्न उत्पादन हुने डोल्पा जडीबुटीका लागि भने प्रसिद्ध छ । जडीबुटीको भण्डारकैरुपमा स्थापित डोल्पा विकट भू–बनोट भए पनि प्राकृतिक सम्पदाका हिसाबले भने धनी रहेको छ ।

निकुञ्जको संरक्षणमा पछिल्लो समयमा सफलता मिलेपछि त्यसको प्रतिफल पनि देखापर्न थालेको छ । यहाँ नाउरको सङ्ख्या बढेको निकुञ्जले जनाएको छ । विगत तीन वर्षको आँकाडा हेर्दा निकुञ्जभित्र आधा वन्यजन्तु बढेको निकुञ्जका प्रमुख सरोजमणि पौडेलले जानकारी दिए । वन्यजन्तु बढेसँगै स्थानीयवासीले लगाएको अन्नबालीमा क्षति पुग्नेक्रम पनि बढेको स्थानीयवासीको गुनासो छ ।

निकुञ्जले कृषकको क्षतिका आधारमा राहत उपलब्ध गराइरहेको छ । राहतबारे जानकारी नभएका यहाँका सर्वसाधारण अहिले निकुञ्जबाट क्षतिको राहत पाएपछि खुशी छन् । उनीहरुमा निकुञ्जप्रतिको दृष्टिकोणमा पनि परिर्वतन आएको छ । क्षतिको राहत पाएसँगै निकुञ्ज आसपासका सर्वसाधारण वन्यजन्तुको तस्करी गर्नेकाविरुद्ध चनाखो भएका छन् । उनीहरु अहिले वन्यजन्तु कसरी मरे भनेर रोक्न सक्रिय भएर लागेको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपाने बताउँछन् ।

निकुञ्जमा हिउँ चितुवा पाइने भएकालेसमेत बढी निगरानी गर्नुपर्ने बाध्यता रहेको अधिकृत न्यौपानेले बताए । निकुञ्जबाट आएका हिउँ चितुवालगायतका जङ्गली जनावारले स्थानीयवासीका पशुचौपाया मार्ने गरेकोले यो समस्या हल गर्न निकुञ्जले रु एक करोड ६० लाखको पशुबीमा गरिदिएको छ ।

निकुञ्जभित्र हुने चोरी निकासी रोक्न गाउँपालिका पनि लागेको न्यौपानेले बताए । चोरी पैठारी र तस्करबाट निकुञ्जलाई जोगाउन पाँचवटा हिउँ चितुवा संरक्षण समिति गठन हुनुका साथै बीमासम्बन्धी तालिमसमेत प्रदान गरिएको छ । सालदाङ, भिजेर, धो, फोक्सुण्डो, डोल्फू क्षेत्रका करीब एक हजार घरधुरीलाई निकुञ्जले पशुबीमा गरिसकेको जनाएको छ ।

उपल्लो डोल्पाका स्थानीयवासीहरुको जीविकोपार्जन गर्ने मुख्य आधार नै पशुपालन हो । स्थानीयका पशु चौपायालाई निकुञ्जकै पहलमा समय समयमा खोप सेवासमेत प्रदान गरिँदै आएको छ । सङ्घसंस्थाले निकुञ्जमा सञ्चालन गर्ने कार्यक्रमबाट बीचमा कमिसन खानेजस्ता कार्य पनि ठप्प भएको छ । वन तथा वातावरण मन्त्रालयको स्वीकृतिविना कुनै पनि योजना निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा नगर्न लिखित अनुरोधपछि एक वर्षयता सो कार्य गर्न सबै सहमत भएको निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जमा हुने आम्दानीको ५० प्रतिशत रकम १७ वटा मध्यवर्ती क्षेत्रका समितिलाई उपलव्ध गराएसँगै यहाँका स्थानीयवासीले आयआर्जन, सामुदायिक विकास, रोजगारी र निकुञ्ज संरक्षणमा विशेष ध्यान दिने निकुञ्जको दावी छ । वन जङ्गल र वन्यजन्तु जोगाउनका लागि निकुञ्जको सक्रियतामा १७ वटा मध्यवर्ती क्षेत्रमा समिति गठन गरेको छ । त्यस्तै २४ वटा मध्यवर्ती सामुदायिक बनहरु, पाँच वटा हिउँ चितुवा संरक्षण समितिहरु, एउटा नेचर गाइड शे–फोक्सुण्डो पर्यटन समन्वय समिति र जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइसमेत गठन गरी परिचालन गरिएको छ ।

यसैबीच निकुञ्जले ८० भन्दाबढी तस्कारलाई पक्राउ गरेको छ । करीब ३०० क्यामराले निकुञ्जको सुरक्षार्थ निगरानी गरिरहेको बताएको छ । निकुञ्जभित्र प्रवेश गर्ने हेलिकप्टरहरु जथाभावी अवतरण गर्ने विगतको चलनलाई अन्त्य गरी विधिमा चल्न सुसूचित गराएको छ । केही महिनाअघि हेलिकोप्टर जाँचगर्दा सुकुटी बरामत भएपछि हेलिकोप्टर चालकलाई मद्दा चलाएको थियो । निकुञ्जको यस कार्यसँगै अहिले जथाभावी हेलिकप्टर निकुञ्जमा अवतरण कार्य रोकिएको हो । निकुञ्जको अनुमति नलिएर जथाभावी हेलिकप्टर उडाउने कार्य बन्द गरिएको निकुञ्जले जानकारी दिएको छ ।

यार्सागुम्वा व्यवस्थापन निर्देशिका– २०७३ ले देशैभरीका मानिसले यार्सागुम्बा सङ्कलन गर्न पाउने उल्लेख भएबमोजिम सबै आम नागरिक निकुञ्जमा आएर फोहर, चोरी निकासी तथा पासो हालेर निकुञ्जमा वन्यजन्तु मार्ने काम बढेकाले यसलाई रोक्नका लागि डोल्पाका स्थानीयले मात्र यार्सागुम्बा सङ्कलन गर्न पाउने गरी यार्सागुम्बा सङ्कलन निर्देशिका संशोधनका लागि विभागमा लेखि पठाएको निकुञ्जले बताएको छ ।

साइटिसले प्रतिबन्ध गरेको जटामसीलगायतका जडीबुटी चोरी निकासी गरी बाहिर जिल्लाबाट छोड पुर्जी दिने गलत प्रचलन रोक्नसमेत निकुञ्ज सफल भएको छ । त्यस्तै निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका सरकारी बन क्षेत्रहरुमा इआए, आइई प्रतिवेदन तयार र बन तथा वातावरण मन्त्रालयसँग स्वीकृति नलिइ कुनै पनि काम नगर्न पत्राचार गरी सचेत बनाएसँगै सोहीअनुसारको काम शुरु भएको निकुञ्जको दावी छ ।

उपल्लो डोल्पाका स्थानीय तहलेसमेत सो कार्यलाई सहकार्यमार्फत अगाडि बढाएको बताएका छन् । पर्यटकको राम्रो गन्तव्य बन्न सफल भएको शे–फोक्सुण्डो ताल तथा निकुञ्जमा घुम्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग गर्दै आएका पर्यटन व्यवसायीलाई भेला गरी शे–फोक्सुण्डो पर्यटन समन्वय समिति गठन गरी पर्यटन र संरक्षणको कार्यको समन्वय गरिएको बताइएको छ ।

उता निकुञ्ज स्थापना भएको लामो समयपछि नियामावली, निर्देशिका संशोधनको काम शुरु भएको छ । विसं २०४० मा स्थापना भएको निकुञ्जमा २४ वटा गाउँ सोही समयमा थिए । सोही समयमा सबै खालका सुधारका लागि पहल गरेको भए अहिले निकुञ्जभित्र र आसपासका स्थानीयवासीले पटकपटक आन्दोलन तथा विरोध गर्नुपर्ने थिएन ।

अब संशोधन हुँदै गरेको नियमावली र निर्देशिकाले डोल्पालीलाई राहत पुग्ने अपेक्षा डोल्पावासीको रहेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हुनसक्ने चोरी शिकारी नियन्त्रणका लागि स्थानीय सुराकी, नेपाली सेना तथा निकुञ्जका कर्मचारीसहितको चोरी शिकारी नियन्त्रण एकाइ गठन गरिएको छ र यसमार्फत् काम गरिएको छ ।–हेमन्त केसी /रासस

लोकप्रीय

जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु

बिहिबार अशोज ३० , २०८२
बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बिहिबार अशोज ३० , २०८२

विचार

जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु

बिहिबार अशोज ३० , २०८२
बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बिहिबार अशोज ३० , २०८२

थप समाचार

जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान
ताजा समाचार

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु

बिहिबार अशोज ३० , २०८२
बढेर आएपनि पेट्रोलको भाउ घट्यो
ताजा समाचार

बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बिहिबार अशोज ३० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज ३ प्रदेशको पहाडमा वर्षा

बिहिबार अशोज ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२

हालका पोस्टहरू

जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु

बिहिबार अशोज ३० , २०८२
बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बिहिबार अशोज ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.