चरेससहित दुईजना पक्राउ

चरेससहित दुईजना पक्राउ

१९ माघ, कञ्चनपुर ।
कञ्चनपुरमा चरेससहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् । पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट ३.१८० मिलिग्राम र गोपालबाट १०.८६० मिलिग्राम चरेस बरामद गरिएको छ ।

चरेसको कारोबार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आइतबार दुवैलाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बर्ता ।

पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.