खोटाङमा बसको चक्काले किच्दा एक वृद्धाको मृत्यु

१९ माघ ७७, सोमबार

१९ माघ, खोटाङ । खोटाङ दिप्रुङचुईचुम्मा-३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ ।

Advertisement

आज विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बस र बस चालक सुनसरी बराहाक्षेत्र-४ का ३५ बर्षीय दल बहादुर पौडेल नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top