न्यायाधीशको महान्यायाधिवक्तालाई प्रश्न, ‘पार्टी एकीकरण नभई प्रधानमन्त्री कसरी बहुमत प्राप्त दलको नेता भए ?’

१९ माघ, काठमाडौँ । सर्वोच्चको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइ जारी छ । आजबाट सरकार पक्षले रिटमाथि बहस सुरु गरेका छन् ।

बहसका क्रममा महान्यायधिवक्ता अग्नि खरेलले वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको जिकिर गरे ।

निवेदकले ७६ (१) को सरकार भने पनि बहसका क्रममा त्यस विपरित धारणा आएको भन्दै उनले ७६(२) बमोजिमको सरकार हो भने दुई दलहरू कुन हुन् भन्ने प्रश्न गरे ।

Advertisement

न्यायाधीश अनिल सिन्हाले अहिलेको सरकार बहुमतको भए/नभएको बारे महान्यायधिवक्ता खरेललाई प्रश्न गरे ।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सरकारको प्रतिरक्षा गरिरहेका खरेललाई सिन्हाले चुनावमा छुट्टाछुट्टै पार्टीका रूपमा सिट प्राप्त भएको र राजपत्रमा पनि संविधानको धारा ७६ को २ अनुसार सरकार गठन भएको व्यहोरा सुनाए ।

Advertisement

संविधानमा कुनै एउटा दलले निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त गर्न नसके धारा ७६ को २ मा दुई दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ । न्यायाधीश सिन्हाले खरेललाई सोही प्रावधान सम्झाउँदै प्रधानमन्त्री चयन भएपछि बल्ल पार्टी एकता भएको बताए ।

प्रधानमन्त्री ओलीले २०७४ फागुन ३ गते राष्ट्रपतिबाट प्रधानमन्त्री पदको सपथ लिएका थिए । तर फागुन ५ गतेको संयुक्त संसदीय दलको बैठकले मात्र केपी शर्मा ओलीलाई संसदीय दलको नेता चयन गरेको थियो ।

’मन्त्रिपरिषद्को पुस ५ को जुन निर्णय छ। त्यसमा राष्ट्रपतिबाट बहुमत प्राप्त दलको नेताको हैसियतमा म २०७४ साल ११ महिना ३ गते भनेर अरू व्यहोरा लेखिएको छ’, न्यायाधीश सिन्हाले भने, ’जुन मितिमा पार्टी एकीकरण भएकै छैन। मन्त्रिपरिषद् निर्णयबाट २०७४÷११÷३ मै पार्टी एकीकरण भैसकेको थियो र म त्योबेला बहुमत प्राप्त दलको नेताको हैसियतमा चुनिएको थिएँ भनेर मन्त्रिपरिषद्को निर्णयले उल्लेख गर्नु पछाडि के हो? स्पष्ट पारिदिनुहोस्।’

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top